पोखरा महानगरपालिकाका विद्यालयमा वार्षिक परीक्षा नहुने

पोखरा महानगरपालिकाका विद्यालयमा वार्षिक परीक्षा नहुने

पोखरा, ४ जेठ/ कोरोनाका कारण पोखराका विद्यालयहरुमा वार्षिक परीक्षा नहुने भएको छ ।

पोखरा महानगरपलिका शिक्षा महाशाखाले मंगलबार विज्ञप्ती जारी गर्दै कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले यसपूर्व सञ्चालन गरेका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक मूल्यांकनका आधारमा मूल्यांकन गरी नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।

महानगरले शैक्षिक शत्र २०७८ को विद्यार्थी भर्नासम्बन्धी कार्य असार १ गतेबाट मात्र सुरु हुने गरी निर्णय भएकाले सोही बमोजिम गर्न समेत महानगरले विद्यालयका नाममा सूचना जारी गरेको पोखरा शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जारी गरेको सूचनामा उल्लेख छ ।

कक्षा ८ को वार्षिक परीक्षाका सम्बन्धमा भने नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णय अनुसार हुने गरी अर्को सूचना प्रकाशन गरिने उनले बताए ।

Editor: