पोखरामा जुवा खेल्ने १७ जना नगद सहित पक्राउ

जुवा

पोखरा, २९ साउन / जिल्ला प्रहरी कार्यालय कास्कीले जुवा खेल्दै गरेका १७ जनालाई बुधबार पक्राउ गरेको छ । पोखरा महानगरपालिका १० मिलनटोल बस्ने बर्ष ५० की ज्ञानु हमालको डेराकोठामा अबैध रुपमा जुवातास खेल्ने खेलाउने गरेको भन्ने सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय रामबजारको टोलीले नगद १ लाख २ हजार ४ सय ९० सहित १७ जना मानिसहरुलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । २२४ पत्ती तास, हरीयो रंगको कम्बल थान १ र रातो सेतो रंगको गलैचा थान १ सहित पक्राउ गरी कानूनी कारवाही अगाडी बढाएको उनले बताए ।

नियन्त्रणमा लिइएका ब्यक्तिहरुको विवरण

१ जिल्ला कास्की पो।म।न।पा।१४ मझेरीपाटन घर भई हाल वडा नं।१० मिलनटोल बस्ने महेन्द्र हमालकी श्रीमती बर्ष ५० की ज्ञानु हमाल ।

२। जिल्ला कास्की मादी गा।पा। वडा नं ३ घर भई हाल पोखरा म।न।पा। १० मिलनटोल बस्ने धनसुबा गुरुङको छोरा बर्ष ५७ का भु बहादुर गुरुङ ।

३। जिल्ला लमजुङ पसगाँउ घर भई हाल कास्की पोखरा म।न।पा। १० मिलनटोल बस्ने ईश्वर गुरुङको श्रीमती बर्ष ५० की अस्मिता गुरुङ ।

४। जिल्ला कास्की मादी गा।पा। ३ घर भई हाल पोखरा म।न।पा। १० जनप्रियटोल बस्ने भद्रसिंह गुरुङको छोरा बर्ष ५२ को डम्बर बहादुर गुरुङ ।

५। जिल्ला कास्की पो।म।न।पा।१० मिलनटोल बस्ने अमरसिंह गुरुङको छोरा बर्ष ५८ को बल बहादुर गुरुङ ।

६। ऐ।ऐ। बस्ने राज कुमार गुरुङको श्रीमती बर्ष ४२ की ईन्द्रा गुरुङ ।

७। ऐ।ऐ। बस्ने फौदासिंह भुजेलको छोरा बर्ष ६२ को राधेश्याम भुजेल ।

८। जिल्ला लमजुङ क्होलासोथार गा।पा। ७ घर भई हाल जिल्ला कास्की पोखरा म।न।पा। १० मिलनटोल बस्ने थने गुरुङको छोरा बर्ष ५६ को मन बहादुर गुरुङ ।

९। जिल्ला कास्की मादी गा।पा। ३ घर भई हाल कास्की पोखरा म।न।पा। १० मिलनटोल बस्ने लोक बहादुर गुरुङको श्रीमती बर्ष ३४ की हिम कुमारी गुरुङ ।

१०। जिल्ला खोटाङ घर भई हाल कास्की पोखरा म।न।पा। १० मिलनटोल बस्ने कुमार राईको श्रीमती बर्ष ४६ की ईन्द्रा राई ।

११। जिल्ला कास्की मादी गा।पा। २ ताङतिङ घर भई हाल पोखरा म।न।पा। १० मिलनटोल बस्ने बिल बहादुर गुरुङको श्रीमती बर्ष ७२ की केश कुमारी गुरुङ।

१२। जिल्ला खोटाङ हिले गा।पा। ७ घर भई हाल कास्की पोखरा म।न।पा। १० मिलनटोल बस्ने पदम राईको श्रीमती बर्ष ४८ की राजलक्ष्मी राई ।

१३। जिल्ला कास्की माछापुच्छ्रे गा।पा। २ भुज्रुङखोला घर भई हाल पोखरा म।न।पा। १० मिलनटोल बस्ने सुक बहादुर गुरुङको श्रीमती बर्ष ५९ की सुक कुमारी गुरुङ ।

१४। जिल्ला कास्की मादी गा।पा। ९ मिजुरे घर भई हाल पोखरा म।न।पा। १० मिलनटोल बस्ने नर बहादुर नेपालीकी श्रीमती बर्ष ३५ की सीता नेपाली ।

१५। जिल्ला स्याङ्जा बिरुवा गा।पा। ५ घर भई हाल कास्की पोखरा म।न।पा। १० मिलनटोल बस्ने प्रेम बहादुर थापाको छोरा बर्ष ३९ को लिलमान थापा ।

१६। जिल्ला कास्की पोखरा म।न।पा। १३ आर्बा बस्ने चेत बहादुर गुरुङको छोरा बर्ष ५१ को यम बहादुर गुरुङ ।

१७। जिल्ला कास्की पोखरा म।न।पा। १२ ढिकालेथर बस्ने समानसिंह गुरुङको छोरा बर्ष ४० का बिनोद गुरुङ रहेका छन् ।

उनीहरुलाई सार्वजानिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसुर जुवा अन्तर्गत कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरि अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

Editor: