पोखरा सेती सैनिक घाटमा दुर्घटना हुदाँ एक जनाको मृत्यु

दुर्घटना

पोखरा, २१ साउन / पोखरा महानगरपलिका २९ सैनिक घाटमा बालुवा निकाल्ने दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।बालुवा निकाल्ने क्रममा ग १ त ६२०९ नंम्वरको ट्याक्टर पानीमा पस्न गई गएको थियो ।

ट्याक्टर लाई निकाल्न सिद्धि क्रसर उद्योगको ग १ क ३८९४ नंम्वरको लोडरले बाहिर निकाल्न खोज्दा अचानक ट्याक्टर चालक जिल्ला गोरखा घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका २७ अर्घौचोक बस्ने वर्ष ३५ को दिपेन्द्र गुरुङलाई लोडरको बकेटले ठक्कर दिदा मृत्यु भएको छ ।

घाइते भएका उनको उपचारको लागि चरक अस्पताल ल्याईएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । ट्याक्टर, लोडर र लोडर चालक प्रहरीको नियन्त्रणमा दिइ थप अनुसन्धान भईरहेको जनाएको छ ।

Editor: