कोरोनाको त्रास, लामाचौरमा सहकारीहरु बन्द

कोरोनाको त्रास लामाचौरमा सहकारीहरु बन्द

पोखरा, २५ साउन / पोखरा महानगरपालिका वडा १९ का ६२ वर्षिय पुरुषलाई कोरोनाका कारण मृत्यु भएको पछि लामाचौर क्षेत्रका वित्तय सस्थाले आफ्नो कारोबार बन्द गरेका छन् ।

कोरोनाका कारण मृत्यु भएपछि त्रास सँगै लामाचौर क्षेत्रमा संचालित वित्तीय सस्थाहरुले भिडभाड हुने र थप भाइरस फैलिन सक्ने भन्दै केहि दिन वित्तीय सस्थाको कारोबार बन्द गरेका हुन् ।

लामाचौरमा रहेका जय मनकामना वचत ऋण सहकारी सस्था लि.ले प्रधान कार्यालय लामाचौरबाट अर्को सुचना प्रकासन नभएसम्म सेवा बन्द गर्ने र सहकारीको पोखरा चिप्लेढुङ्गा सेवा केन्द्रबाट सेवा प्रदान गर्ने सुचना प्रकाशन गरेको छन् ।

सजिलो वचत ऋण सहकारी सस्था लि., महिमा वचत ऋण सहकारी सस्था लि., जय गणेश वचत ऋण सहकारी सस्था लि., जय लक्ष्मि कृषि सहकारी, जनउत्थान वचत ऋण सहकारी सस्था लि. लगायतका अन्य सहकारीले पनि अर्को सुचना प्रकाशन नभए सम्मका लागि सेवा बन्द गरेको सुचना प्रकाशनको स्थानीय बुद्धि खत्रिले जानकारी दिए । बैंकका शाखाहरु भने खुलेका छन् ।

Editor: