पोखरामा खानेपानी संस्थानका कर्मचारी घुससहित रंगेहात पक्राउ

हत्गढी प्रतीकात्मक तस्बिर

पोखरा, २५ भदौ / पोखराम महानगरपालिका १ बगरबाट खानेपानी संस्थानका कर्मचारी कृष्णहरि बाग्ले २५ हजार नगद घुससहीत रंगेहात पक्राउ परेका छन् ।

बगरको रेष्टुरेण्टबाट बाग्लेलाई अख्तियार पोखराको टोलीले रंगेहात पक्राउ गरेको हो । नेपाल खानेपानी संस्थान, पोखरा शाखामा कार्यरत प्रशासन सहायक बाग्लेले सेवाग्राहीको मिटरमा अस्वभाविक बिल उठेपछि मर्मत गर्नुपर्नेमा विषयमा घुस लिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले निज प्रशासन सहायक कृष्णहरि वाग्लेलाई सेवाग्राहीबाट २५ हजार घुस रिसवत लिएको अवस्थामा पोखरा महानगरपालिकाको ट्याक्सी चोक, बगर स्थित रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

Editor: