पोखरामा १ लाख ३६ हजार सहित पाँच जना जुवाडे पक्राउ

जुवा

पोखरा, ११ भदौ / कास्की प्रहरीले पोखरा १४ चाउथेस्थीत खसिबजार नजिकैबाट पाँच जनालाई जुवा खेल्दै गर्दा पक्राउ गरेको छ ।

बुधबार करिब साढे चार बजेको समयमा चन्द्र बहादुर श्रेष्ठको घरबाट सोही ठाँउका जित बहादुर कुवंरले संचालन गरेको जित रियलस्ट्रिक एण्ड हाउजिङ प्रा.लि.को कोठाबाट प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय रामबजारको टोलीले नगद १ लाख ३६ हजार १ सय ७० र ५२ पत्ती तास सहित पक्राउ गरी कानूनी कारवाही अगाडी बढाईए कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर.१३ मियापाटनका ४२ बर्षिय जिबन नेपाली, बाझापाटनका ३५ बर्षिय ओम बहादुर नेपाली, पोखरा १० रामबजारका ५४ बर्षिय देबिलाल तिमिल्सिना, चितवन भरतपुर २५ घर भई हाल जिल्ला कास्की पोखरा १४ बिपिमार्ग बस्ने ४० बर्षिय कृष्णहरी दवाडी, तनहुँ भिमाद २ घर भई पोखरा १४ चाउथे बस्ने ४० बर्षिय ओम बहादुर आलेलाई पक्राउ गरेका प्रवक्ता हमालले जानकारी दिए ।

Editor: