पोखरामा वायु प्रदूषण उच्च

पोखरामा वायु प्रदूषण उच्च

पोखरा, १५ चैत/ पोखरामा शुक्रबार देखि वायु प्रदूषण ह्वात्तै बढेको छ । धुँवा र धुलोका कणले भिजिविलिटी कम हुदाँ घामले जमिन छिचोलन सकेको छैन । सफा र स्वच्छ सहरका रुपमा चिनिदै आएको पोखराले पछिल्लो दिनमा वायु प्रदूषणको मार खेप्न थालेको छ ।

जल तथा मौसम विज्ञान कार्यालयले पोखराका तीन ठाउँमा वायु प्रदुषण मापन उपकरण राखेको छ । पोखरा रत्नचोक, लेखनाथस्थित पोखरा विश्वविद्यालय, लामाचौरको गण्डकी बोर्डिङ स्कुल छ ।

पोखराको मुख्यबजारको मापन देखाउन पोखरा रत्नचोकको जल तथा मौसम विज्ञान कार्यालयको आइतबार बिहानको वायु गुणस्तर सुचकांक १६०, लेखनाथस्थित विश्वविद्यालयको २७५ र लामाचौरको गण्डकी बोर्डिङको मापनमा २२४ देखिएको छ ।

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा पुरै छेकिएका छन् । जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजारामप्रसाद ढकालले पोखराको वायु गुणस्तर सुचंकाक (आक्वा) स्वास्थ्यका दृष्टिले हानीकारक रहेको बताए । उनले पोखरामा बाक्लो तुवालोले ढाकेको बताए ।

उनले शुन्यदेखि ५० सम्मले सुचकांकले स्वास्थ्यमा खासै असर पर्दैन । त्यो भन्दा माथि जानुस्वास्थ्यलाई हानी पु¥याउँने ढकाले बताए । ३ सय भन्दा माथि जाने भनेको अधिक खराब भएको उनले बताए ।

पोखराको वायु गुणस्तर कमजोर हुँदा त्यसले फोक्सो, मुटुका बिरामी, वृद्धवृद्धा र बच्चालाई अप्ठेरो पार्ने उनले बताए ।
पोखराको आकाशमा तुवाँलो छाउँदा विमान उँड्न र अवतरण गर्न सकेन । पोखराबाट दिनहुँ काठमाडौं, भैरहवा, भरतपुर, मुस्ताङ लगायता स्थानमा विमानसेवा चल्दै आएको छ ।

Editor: