पोखरामा जबर्जस्ती करणी गर्ने पक्राउ

पोखरामा जबर्जस्ती करणी गर्ने पक्राउ

पोखरा, १६ भदौ / पोखरामा डर, धाकधम्की देखाई २३ बर्षीय एक महिलालाई जबरजस्ति करणी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर १० अन्नपुर्ण टोलका ५५ बर्षीय हरीबहादुर गुरुङलाई करणी आरोपमा पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

उनले जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको बताए।

निज प्रतिवादी बिरुद्ध करणी सम्बन्धी कसुर अन्तरगत कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको हमालले जानकारी दिए ।

Editor: