पोखरा विमानस्थलको ६२ प्रतिशत काम सकियो (फोटो र भिडियो सहित)

पोखरा विमानस्थल

सागर राज तिमिल्सिना
पोखरा, ११ साउन / लकडानको अवधिमा ७ प्रतिशत काम सम्पन्न भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६२ प्रतिशत काम सम्पन्न भएको छ । कोरोना र लकडाउनले ६ महिना अगाडी नै पोखरा विमानस्थलका निर्माण सम्पन्न गर्ने लक्ष्य भने पुरा नहुने भएको छ ।

सन् २०२१ जुलाई १० मा विमानस्थल निर्माण कार्य सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता छ । चिनियाँ निर्माण कम्पनी सीएमसीईले ११ अगस्त २०१७ बाट निर्माण कार्य सुरु गरेको हो ।

पोखरा विमानस्थल

पोखरा विमानस्थलकको अहिले सम्म ट्याक्सी पार्क, हेंगर, राजमार्ग देखि ट्रमिनल भवनसम्मको पहुँच मार्ग लगायतको काम सकिएको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । एयर ट्राफिक टावर, टर्मिनल भवनको स्टक्चर निर्माणका काम सकिएको छ भने फिनिसिङको काम, इक्विपमेन्ट इन्स्टल गर्ने काम भइरहेको मुनंकर्मीले जानकारी दिए ।

उनले अहिले सम्म ६२ प्रतिशत काम सम्पन्न भएको उनले बताए । अहिले सम्म विमानस्थलको रनवे, ट्याक्सी वे, एप्रोनका महत्वपूर्ण काम सकिएको छ । २ हजार ५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रनवे ढलान वैशाखमै सकिएको हो ।

विमानस्थलमा हाल १४ वटा भवनको स्टकचरको काम सबै सम्पन्न भइसकेको छ भने फिनिसिङको काम अगाडी बढेको उनको भनाई छ । अहिले एयर ट्राफिक टावरको आठ तलाको भवन, टर्मिनल, हेंगर, लगायत १४ वटा भवन निर्माण स्टक्चर निर्माण पुरा भएको बताए । हाल एक सय नेपाली कामदार र चाइनीज २ सय ४४ कामदार खटिएका छन् ।

उनले पछिल्लो समय निर्माणका साधन चलाउने नेपाली कामदारको अभाव भएको मुनकर्मीले बताए । उनले कोरोना भाइरसका कारण सामग्री आउन ढिलाई भएकार र चिनिबाट थप कामदार आउन पनि अप्ठ्रो परेको बताए ।

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ) को मापदण्ड अनुसार फोरडी मोडलमा पर्ने विमानस्थल निर्माणपछि बोइङ ७५७ र एयरबस ३२० वा सोसरहका जहाज उडान–अवतरण गर्न सक्नेछन् । ती विमानको यात्रु क्षमता १ सय ९२ हाराहारी हुनेछ । पोखरा विमानस्थल निर्माणका लागि ९७ प्रतिशत जग्गा हासिल गरिसकेको मुनकर्मीले बताए । उनले थप जग्गा अधिकरणको समस्या भएपनि अहिले नभएको बताए ।

पोखरा विमानस्थल

पोखरा विमानस्थल

पोखरा विमानस्थल

पोखरा विमानस्थल

Editor: