पोखरामा दुई स्वास्थ्यकर्मीलाई कारोना संक्रमण

कोरोना

पोखरा, ७ भदौ / पोखरामा एक स्टाप नर्स र एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको इमर्जेन्सी बिभागमा कार्यरत ३९ बर्षीय पुरुष स्वास्थ्यकर्मी र सेवा हस्पिटलमा कार्यरत स्टार्फ नर्समा कोरोना संक्रमण देखिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संक्रमितलाई होटल क्वारेन्टाइनमा रहेको र उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

कास्की सेवा अस्पतालमा स्टार्फ नर्सलाई पनि आइसोलेन लैजाने तयारी भएको उनले जनकारी दिए कास्की सेवा अस्पतालमा उपचारको क्रममा तनहुँकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको थियो ।

पोखरामा आइतबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ५ जना, नवलपुरमा ६ र गोरखामा १ जना जना गरी १० जनामा कोरोना सक्रमण देखिएको हो । कास्कीको पोखरा महानगरपालिका १६ का ३१ बर्षिय महिला र ४० बर्षिय पुरुषमा कोराना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

पुरुष ट्याक्सी चालक भएको उनले जनाकारी दिए । त्यसै गरी नवलपुरको विनयत्रिबेणीका ३ महिला र ३ जना पुरुषमा, गोरखा १ जना पुरुषमा कोरोना देखिएको उनले बताए ।

यो सगँ पोखरामा २ सय ६४ जनालाई कोरोना संक्रमण देखिएको छ भने कास्कीमा २ सय ८८ जना पुगेको छ । कास्कीमा अहिले सम्म १ सय ७७ जना निको भएर घर फर्किएका छन् । अहिले पोखराका १ सय ७ जना आइसोलेसनमा छन् ।

अहिले सम्म पोखराका दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा १ हजार ८ सय ८० मा कोरोना देखिएको छ भने १ हजार ६ सय ११ जनाको कोरोना निको भएको छ । अहिले सम्म गण्डकीमा ७ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा ५० र क्षयरोग उपचार केन्द्र, पोखरामा ३६३ गरि कुल ४१३ नमुना परीक्षण भएको छ ।

Editor: