पोखरामा १ जना सहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण

कोरोना

पोखरा, ३० साउन / गण्डकी प्रदेशमा शुक्रबार विहान थप २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

तनहुँ २०, लमजुङ, कास्की, पर्वत, नवलपुर र स्याङजाका एक/एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

तनहुँको भानु १४ जना पुरुष र ६ जना महिलामा कोरोना संक्रमण देखिएको हो । उनीहरु ५ बर्षिय बालिका देखी ५६ बर्षिय उमेर समुहका छन् ।

त्यसै गरी स्याङजाको पुतलीबजार ३९ बर्षिय पुरुष, कास्कीको पोखरा महानगरपालिकाका ४९ बर्षिय पुरुष, लमजुङको सुन्दरबजारका ३२ पुरुष, पर्वतका पैयुँका २० बर्षिय पुरुष, नवलपुरको गैडाकोट २५ पुरुषमा कोरोना संक्रमण देखिएको उनले बताए ।

गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ६ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ । अहिले सम्म १ हजार ४ सय ९३ जना निको भएर घर फर्किसकेका छन् भने ५ जनाको मृत्यु भएको छ ।

Editor: