पोखरामा १६ जना सहित गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण

पोखरामा १६ जना सहित गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण

पोखरा, १९ भदौ / गण्डकी प्रदेशका ६ जिल्लामा शुक्रबार बिहान थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा भएको परीक्षणमा ४० जनामा कोरोना संक्रमण देखिएको हो ।

कास्कीको पोखरा महानगरपालिकामा एक महिला सहित १५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ७ जना नेपाल प्रहरीमा कार्यरत रहेका छन् ।

त्यसै गरी तनहुँको भानु र म्याग्देका एक/एक जना महिला, लमजुङको मध्यनेपालका एक जना पुरुष, राईनाशका एक जना महिला एक जना पुरुष, स्याङजाको कालिगण्डकीका एक जना पुरुष, बागलुङका ताराखोलाका एक जनामा पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसै गरी नवलपुरको गैंडाकोटका ५ जना महिला र ११ जना पुरुष, देवचुलीका एक जना पुरुषमा कोरोना देखिएको शर्माले जानकारी दिए ।  गण्डकी प्रदेशमा अहिले सम्म २ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण देखिसकेको छ । त्यस मध्ये १ हजार ७ सय ६६ जनामा निको भएर घर फर्किएका छन् भने अहिले गण्डकी प्रदेशमा कोरोनाबाट १८ जनाको ज्यान गएको छ ।

Editor: