पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

पोखरा, २७ भदौ / पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्द्रेमा एक जनाको मृत्यु भएको छ ।

स्याङजाको पुतलीबजार नगरपालिका वडा नम्बर १ निवासी ८५ बर्षीय पुरुषको आज विहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा अर्जुन आर्चायले जानकारी दिए ।

भदौ २४ गते कोभिड १९ संक्रमित भई उपचारका लागि अस्पतालको आईसियुमा भर्ना भएका थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुने उनी १० औ व्यक्ति हुन् ।

अहिले सम्म गण्डकी प्रदेशमा कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।

Editor: