पोखरामा ८ जना सहित गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण

पोखरामा ८ जना सहित गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण

पोखरा, ५ साउन / पोखरामा ८ जना सहित गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा भएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण देखिए सगँ गण्डकी प्रदेशमा १ हजार ३ सय १७ पुगेको छ ।

कास्कीमा ८, तनहुँमा २, स्याङजा र लम्जुङमा एक एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । कास्कीको पोखरा महानगरपालिकामा ६ जना पुरुष र २ जना महिलामा कोरोना देखिएको हो ।

उनीहरु २१ देखी ६३ वर्ष उमेर समुहका रहेका छन् । त्यसै गरी तनहुँको सुक्लागण्डकी, भानु नगरपालिका, स्याङजाकाको गल्याङ र लमजुङको सुन्दुरबजारका एक/एक जनामा कोरोना देखिएको हो ।

अहिले सम्म गण्डकी प्रदेशमा १ हजार ४ जना निको भएर घर फर्किएका छन् भने ४ जनाको मृत्यु भएको छ । निर्देशनालयको अनुसार गण्डकी प्रदेशमा हाल १ हजार ८ सय २४ जना क्वारेन्टिनमा रहेको शर्माले जानकारी दिए ।

Editor: