पोखरामा एकै दिन १ सय ३२ मा कोरोना, दुई जनाको मृत्यु, गण्डकीमा २ सय ३० थपिए

पोखरामा एकै दिन १ सय ३२ मा कोरोना, दुई जनाको मृत्यु, गण्डकीमा २ सय ३० थपिए

पोखरा, ३ कात्तिक / सोमबार गण्डकी प्रदेश र पोखरामा कोरोना भाइरस संक्रमित अहिले सम्म कै उच्च संख्यामा बढेका छन् भने दुई जनाको मृत्यु भएको छ ।

सोमबार कास्कीको पोखरामा १३२ जनामा कोरोना संक्रमित पुष्टि भए सगँ पोखरा र गण्डकी अहिले सम्म कै उच्च सख्यामा कोरोना पुष्टि भएको हो । गण्डकी प्रदेशमा २ सय ३० जनालाई कोरोना संक्रमित थपिएका हुन् ।

जसमा स्याङ्जाका १४ जना, बाग्लुङका २३ जना, तनहूँका ३५ जना, लमजुङका ५, गोरखाका १, पर्वतका २ र नवलपुर १७ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशका कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । यो सगँ गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ हजार ९ सय ६० जना पुगेको छ ।

सोमबार नवलपरासीको गैंडाकोटका ८५ वर्षका पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनको विहान ५ः३० बजे निधन भएको हो । गण्डकी प्रदेशका कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले उनमा दम र निमोनियाको पनि समस्या रहेको बताए । उनी गत असोन ३० गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए ।

यसैगरी बाग्लुङको नगरपालिका वडा नम्बर १३ की ४८ वर्षीया एक महिलाको पनि मृत्यु भएको छ । उनको पर्वतको कुश्मामा मृत्यु भएको उनले जानकारी दिए । योसंगै गण्डकी प्रदेशमा ५२ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । गण्डकी प्रदेशमा अहिले सम्म ३ हजार ६ सय ५ जनामा निको भएर घर फर्किएका छन् ।

Editor: