पोखरामा १५ जना सहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण

कोरोना

पोखरा, २ भदौ/ गण्डकी प्रदेशमा सोमबार राति र मंगलबार विहान गरि थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र क्षयरोग उपचार केन्द्र पोखराका गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २५ जनामा संक्रमण देखिएको हो ।

यो सगँ गण्डकीमा १ हजार ७ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबै भन्दा धेरै कास्कीको पोखरा महानगरपालिकामा १५ जनामा संक्रमण देखिएको छ । पोखरामा ८ वडामा १५ जनामा कोरोना संक्रमण देखिएको हो ।

पोखराको वडा नम्बर १६ का १ जना पुरुष, ९ का एक जना महिला र एक जना पुरुष, वडा नम्बर ७ का एक जना पुरुष र एक जना महिला, वडा नम्बर १७ का ८७ बषिय पुरुष, वडा नम्बर २७ का १ जना महिला र २ जना पुरुष, वडा नम्बर ३० का एक जना पुरुष र वडा नम्बर ४ का एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसै गरी पोखरा २५ र ५० बर्षिय उमेर समुहका महिलाको वडा खुलेको छैन भने २३ र २८ बर्षिय पुरुष पोखरा ६ का हुन् । यो सगँ कास्की जिल्लामा २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसै गरी नवलपुरको कावासोतीमा १ जना १४ बालिका र १ जना महिला, विनयत्रिबेणीमा एकजना र बागलुङको बरेङमा १ जनाा ६ बर्षिय बालक र २५ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

त्यसै गरी लमजुङको दोर्दी, तनहुँ व्यास, बागलुङ, र स्याङजाको पुतलीबजारका एक/एक जनामा कोरोना संक्रमण देखीको शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ५ सय ५० जनामा कोरोना संक्रमण निको भएर घर फर्किएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

Editor: