पोखरामा १९ सहित गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना, एक जनाको मृत्यु

पोखरामा १९ सहित गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना, एक जनाको मृत्यु

पोखरा, ५ कात्तिक/ गण्डकी प्रदेशमा बधबार दिऊसो सम्म थप १ सय ७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । कास्कीको पोखरा महानगरपालिकामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार तनहुँ २ जना, गोरखामा २ जना, पर्वत १६ जना, म्याग्दीमा १ जना, बागलुङ १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । यो सँगै गण्डकी प्रदेशमा ६ हजार १ सय ४३ जनामा कोरोना पुष्टि भएको छ ।

कोरोनाका कारण नवलपुरको गैंडाकोट ७ का ५० बर्षीय पुरुषको निधन भएको छ । मंगलबार बिहान ९ः५६ बजे चितवन मेडिकल कलेज, चितवनको कोभिड आई.सि.यु.मा उपचारको क्रममा निधन भएको जानकारी स्वास्थ्य कार्यालय, नवलपुरले दिएको छ ।

यसैगरी म्याग्दी जिल्ला, धौलागिरी ७ का ८५ बर्षीय पुरुषको मंगलबार राती ८ः२५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको कोभिड आई.सि.यु.मा उपचारको क्रममा निधन भएको जानकारी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराले जानकारी दिएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । गण्डकी प्रदेशमा अहिले सम्म ३ हजार ६ सय ७९ जना निको भएर घर फर्किएका छन् ।

Editor: