पोखरा, २३ भदौ / पोखरा महानगरपालिकामा ३१ जना सहित मंगलबार गण्डकी प्रदेशमा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालमा भएको परीक्षणमा कास्कीका ३१ जना, नलपुरका ६ जना, गोरखाका १० जना, बागलुङमा ९ जना र तनहुँका ३ जना गरी ५९ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
कास्कीको पोखरामा २१ जना महिला र १० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये पोखरा फूड्स प्रालिमा कार्यरत २४ जना कर्मचारी रहेका छन् भने १ जना पार्कल्याड अस्पतालका चिकित्सक र एक जना गण्डकी मेडिकल कलेजमा उपचाररत विरामी रहेका छन् ।
त्यसै गरी तनहुँको आर्बुखैरनीका तीन जना, बागलुङको तमानखोलाका ९ जना, नवलपुका गैंडाकोटका ६ जना, गोरखाको गोरखाका ३ जना बरपाक सुलिकोटका ३ जना, भीमसेनथा र सिरानचोकका एक एक जनामा कोरोना देखिएको शर्माले बताए ।
यो सगँ गण्डकी प्रदेशमा २ हजार ६ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकीमा अहिले सम्म १ हजार ७ सय ९७ जनामा निको भएर घर फर्किएका छन् भने १९ जनाको मृत्यु भएको छ ।