पोखरा महानगरपालिकामा थप १० जनामा कोरोना संक्रमण पुष्टि

कोरोना

पोखरा, २३ साउन / पोखरा महानगरपाकिलामा थप १० जनामा कोरोना संक्रमण देखीएको छ । शुक्रबार भएको परीक्षणमा पोखरा महानगरपालिका वडा नम्बर २, ८, १५, १९ र ३२ मा गरी १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नम्रब १९ मा तीन जना महिला र तीन जनामा पुरुष, वडा नम्बर १५ मा ३२ बर्षिय एक जना महिला, वडा नम्बर ३२ मा १९ वर्षिय युवक, वडा नम्बर २ र ८ मा २० र ५१ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिकामा अहिले सम्म १ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ९० जना निको भएर घर फर्किएका छन् ।

गण्डकी प्रदेशको स्याङजाको गल्याङ र नवपुरको विनयत्रिबेणीमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगँ गण्डकी प्रदेशमा १ हजार ५ सय ८७ कोरोना संक्रमण पुगेका छन् । गण्डकी प्रदेशमा १ हजार ३ सय ८३ जना निको भएर घर फर्किएका भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

Editor: