पोखरामा थप २२ सहित गण्डकी प्रदेशमा २९ जनामा कोरोना संक्रमण

कोरोना

पोखरा, ३२ साउन /गण्डकी प्रदेशमा आइतबार २९ जना कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीका २२ जना, स्याङजामा २ र तनहुँका ५ जनामा कोरोन संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८ मा ५१ र ५२ बर्षिय पुरुष, वडा नम्बर ३२ मा ८६ बर्षिय महिलामा, वडा नम्बर २८ मा ३८ बर्षिय पुरुषमा, वडा नम्बर २६ मा ५३ पुरुषमा कोरोना देखिएको शर्माले बताए ।

त्यसै गरी वडा नम्बर ५ कि ३३, ३७, ३८, ५२ र ६७ बर्षिय एक महिला र ४१, ६४ र ७५ बर्षिय पुरुषमा कोरोना देखिएको हो । त्यसै गरी वडा नम्बर १६ मा १८, २२ र ३० बर्षिया पुरुष र २२ र ५० बर्षिय महिलामा, वडा नम्बर १५ का एक पुरुष र महिला, वडा नम्बर १४ मा ३७ बर्षिय एक पुरुष, वडा नम्बर ७ मा ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको शर्माले जानकारी दिए ।

यो सगँ कस्कीमा २ सय ३० जनाको कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै गरि तनहुँको भानुका ३० बर्षिय पुरुष, व्यासका ९ बर्षिय बालक रहित ४० बर्षिय पुरुष, १३ बर्षिय बालिका सहित ३६ बर्षिय महिलामा संक्रमण देखिएको हो । तनहुँमा यो सगँ २ सय १७ जनामा कोरोना संक्रमण देखिसकेको छ ।

स्याङजाको पुतलीबजारका दुई महिलामा संक्रमण देखिएको हो । गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ७ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस मध्ये ५ जनाको मृत्यु भएको छ भने १ हजार ५ सय २७ जनामा निको भएर घर फर्किएका छन् ।

Editor: