पोखरा १० मा बायो ग्याँस प्लान्ट र मल बनाउने ड्रम बितरण

पोखरा, ४ साउन/ “आफ्नो घर आगन आफै सफा राखौ कुहिने फोहर लाई बायो ग्यास र कम्पोस्ट मल बनाऔ” भन्ने नाराका साथ वडा नं–१० का टोल टोलका १ सय जनालाई कम्पोस्ट मल बनाउने ड्रम र १४ जना लाई बायो ग्यास बनाउने प्लाण्ट बितरण गरेको छ ।

कम्पोस्ट मल बनाउने ड्रम बितरण सम्पन्न गरिएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बरका १० का वडा अध्यक्ष राज कुमार गुरुङ्गले अन्नपूर्ण मार्ग ए टोल विकास संस्थाका अध्यक्ष मदन द्वा लाई मल बनाउने ड्रम हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरे ।

पोखरा महानगरपालिका संगसंगै वडा नम्बर १० मा फोहरलाई घरघरमै मल बनाएर फोहरलाई श्रोतमै कम गराई फोहरलाई मोहरमा परिणत गर्दै ल्यान्डफिलको आयु बढाउने उद्देश्य अनुरुप वडा नम्बर १० ले हरेक वर्ष बायो ग्यास प्लान्ट र मल बनाउने ड्रम बितरण गर्दै आईरहेको छ । घरघरमा कम्पोस्ट मल उत्पादन गरि जग्गा जमिन नहुनेहरूले घरको ढलानमा कौशीखेतीगरि आफुलाई आबश्यक पर्ने तरकारी उत्पादन गर्न अनुरोध गर्नुहुँदै फोहर रहित वडा निर्माण गर्न सबै वडाबासी लाग्नुपर्ने बताए ।

कम्पोस्ट मल बनाउने ड्रम बितरण कार्यक्रममा वडा भित्र का टोल टोलका सदस्यहरु लाई सहभागी गराई १ हजार ५ सय पर्ने ड्रम पोखरा महानगरपालिका कृषि महाशाखा को ५०% (७५०) सहयोग र फोहर लाई ब्यबस्थापन गर्न अग्रसर भएका वडाबासी बाट ५०% (७५०) मा उपलब्ध गराईए हो । कम्पोस्ट मल बनाउने ड्रम वडाको बिषेश सहयोग र अन्नपूर्ण मार्ग ए टोल विकास संस्था पोखरा औधोगिक क्षेत्रका सचिव बिन प्रसाद गुरुङ्गको सक्रियतामा १ सय जनालाई बितरण गरेको हो ।

कार्यक्रम संग संगै घरघरबाट निस्कने कुहिने फोहरलाई बायो ग्यास बनाई चिया, दुध, दाल र तरकारी पकाउन मद्दत गरि फोहरलाई बायो ग्यासमा परिवर्तन गरि किन्नुपर्ने ग्यास कम खपत गराउन वडा नं १० ले पोखरा महानगरपालिका सरसफाई महाशाखा संग समन्वय गरेको हो ।

कम्पनि नयाँ बजार संग सहकार्य गरि ६० हजार पर्ने बायो ग्यास नेपाल सरकारबाट ५० हजार अनुदान संगै घर घरले जम्मा १० हजार तिरेर वडा नम्बर १० को सहकार्यमा वडा नं १०, १५, १२ र १ वडाहरूमा १४ वटा बायो ग्यास फिटिङ्ग गर्न सिफारिस गरिएको जानकारी वडा सदस्य एवं सरसफाई उप समिति वडा नं. १० का संयोजक सम्मर बहादुर श्रेष्ठले बताए ।

कम्पोस्ट ड्रम बितरण कार्यक्रममा वडा सदस्य प्रतिभा बिक पोखरेल, निशा मल्ल ठकुरी, अन्नपूर्ण मार्ग ए टोल विकास संस्थाका अध्यक्ष मदन द्वा र टोलका सदस्य राज कुमार गुरुङ्ग लगाएतका ले सरसफाई गर्ने तरिका र हामि हाम्रो कर्तव्य रहेको बताईएको कार्यक्रम अन्नपूर्ण मार्ग ए टोल विकास संस्थाका सचिव बिन प्रसाद गुरुङ्गले कार्यक्रम संचालन गरेका थिए ।

Editor: