पोखरामा भिषण असिनापानी, मुख्य बजारमा यातायात ठप्प (भिडियो सहित)

पोखरामा भिषण असिनापानी, मुख्य बजारमा यातायात ठप्प

पोखरा, ८ फागुन/ पोखरामा इतिहासकै बाक्लो र धेरै असिना परेको छ । असिना पानीले पोखराको सडक केहिवेर अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चोक, रानिपैवा भागमा असिनाले सडकनै छोपीएको थियो । सडमा परेको असिना हटाउन डोजरको समेत प्रयोग गरिएको थियो ।

असिनाले गुडिरहेका सवारी साधन रोकिएका थिए । सडकमा व्यापार गरेर बसेका मानिसहरु बिचल्लीमा परेका थिए ।पोखरामा बिहानैदेखि मौसम अध्यारो भएपनि यति धेरै असिना पानी आउने आकलन गरीएको थिएन । असिनाले जनजीवन साथै व्यापार व्यसाय प्रभावित परेको छ ।

बाटोमा असिनाका थुप्रोले गर्दा यातायातका साधन चिप्लिने डर भएपछि प्रहरी र ट्राफिक प्रहरीले यातायातलाई व्यवस्थित गरी रोकिएको थियो ।अचानक परेको असिना पानीका कारण थुपै सवार बाटोमै रोकिएका थिए । पोखरामा चार इन्चदेखि एक फुटसम्म असिना जमेको थियो । यसरी असिना परेको पहिलो पटक भएको स्थानीय थम्मन ठकुरीले वताउनु भयो ।

असिना पानिले पोखरा महानगर क्षेत्रका कृषकको तरकारी, आलु, फलफुल, तोरी, गहुँ लगायतको अन्नबालीमा क्षति पुगेको छ । पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महानगरका विभिन्न क्षेत्रमा व्यापक असिना परेको जानकारी आएको बताउनु भयो ।

उहाँले बेमौसमी तरकारीलाई यसले ठूलो क्षेती पुर्‍याएको जानकारी दिनु भयो । ‘पोखराको हेम्जा र मालेपाटन लगायतका विभिन्न तरकारी खेती हुने क्षेत्रमा असिनाले व्यापक क्षेती पुर्‍याएको छ । यसको यकिन क्षेती फिल्डमा पुगेपछि मात्रै थाहा हुने उहाँको भनाई छ । क्षतीको किसानसंग जानकारी लिएपछि यति नै क्षेति भयो भन्न सकिन्न । तर, व्यापक क्षेति पुर्‍याएको उहाँको भनाई छ ।

आलु, रायो लगायतका तरकारी बाली लगाएको जमिनमा केको खेति थियो भन्ने नै नदेखिनेगरी असिनाको खात लागेको देखिन्छ । असिनाका कारण चारपांग्रे सवारी साधन समेत चल्न नसक्ने अवस्था आएको देखिएको छ ।

Editor: