नौलो घुम्ती नेपालको अध्यक्षमा योगराज पौडेल

नौलो घुम्ती नेपालको अध्यक्षमा योगराज पौडेल

पोखरा, १७ माघ / नौलो घुम्ती नेपालको १९ औं साधारण सभा तथा १० औं अधिबेशन एवं सामाजिक परिक्षण विहिबार सम्पन्न भयो । अधिवेशनले योगराज पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा बद्री बिनोद प्रतिक खनाल, दितिय उपाध्यक्षमा सुरेन्द्र थापामगर, महासचिवमा मंगल नेपाली, सचिवमा मिना गुरुङ, कोषाध्यक्षमा महेन्द्र कुमार गुरुङ र सदस्यहरुमा समीर गुरुङ, शिवराम भण्डारी, बिनु गुरुङ, ढुण्डिराज ज्ञवाली, कमल प्रसाद अर्याल, तुमला श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।

साधारण सभाको गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरुङले उद्घाटन गर्नु भएको थियो । उहाँले संस्था जुन उदेश्य लिएर स्थापना भएको हो त्यसैलाई निरन्तरता दिन आग्रह गर्दै दुर्ब्यसन हाम्रो मात्रै देशको समस्या नभएर बिश्वका धेरै देश समस्यामा परेको भन्दै बालबालिका बाटै उनिहरुलाई शिक्षित गराउदै लैजानु पर्ने आबश्यकता रहेको बताउनु भएको थियो । साथै उहाँले प्रदेश सरकार नौलो घुम्ती नेपाल संग सहकार्य गर्न तयार रहेको पनि बताउनु भएको थियो ।

निवर्तमान अध्यक्ष अधिबक्ता मेहर मान श्रेष्ठको संयोजकत्वमा, सदस्यहरु पुर्व अध्यक्षद्वय इन्दिरा बराल र पदमराज पहारीको निर्वाचन समितिले निर्वाचन गरेको थियो ।

सामाजिक परिक्षण गर्दै पत्रकार तथा सुनास कास्कीका पुर्व अध्यक्ष पुण्यप्रसाद पौडेलले कास्कीमा नौलो घुम्तीले लागुपदार्थ दुव्र्यसनि रोकथाम र उपचारका साथै सामुदायिक विकासका परियोजनाहरुमा धेरै राम्रा काम गरेर आफ्नो छुट्टै स्थान वनाउन सफल भएको वताएका थिए ।

संस्थापक अध्यक्ष तथा सल्लाहकार प्रेम बहादुर श्रेष्ठले संस्थाले राम्रो नेतृत्व पाएर नै धेरै सामाजिक काम गर्न सकेको बताउँदै स्थापना गर्न सजिलो तर निरन्तरता दक्षता र इमान्दारीताले संस्थाले धेरै प्रगति गरेको बताउनु भएको थियो ।

कार्यक्रममा गुड नेवर्स इन्टेरनेशनलका कास्की जिल्ला संयोजक टुपेन्द्र खुलालले नौलो घुम्ती नेपालले गरेका परियोजनाहरु एक अर्को संग परस्पर सम्बन्धित भएकोले काम गर्न सजिलो भएको बताउनु भएको थियो ।

सो अबसरमा अध्यक्ष खड्गबहादुर रानाभाटले बार्षिक प्रगति प्रतिबेदन, महासचिव बद्री बिनोद प्रतिकले महासचिवको प्रतिबेदन र कोषाध्यक्ष मंगल नेपालीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

अध्यक्ष खड्गबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष योगराज पौडेलले र संचालन सचीव मिना गुरुङले गर्नु भएको थियो ।

Editor: