नेपाल लिटरेचर फेस्टिभल २०२० पुष दोस्रो साता

पोखरा, ४ पुष / आइएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करण पुस १४ र १५ भर्चुअल रूपमा पोखरामा आयोजना हुने भएको छ ।

पुस १३ गते फेस्टिभलको पूर्वसन्ध्यामा शुभारम्भ साँझबाट फेस्टिभल शुरु हुने आयोजकले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

आयोजक संस्था बुकवर्म फाउन्डेसनको आयोजनामा हुने फेस्टिभलमा १६ सेसन र ४० जनाभन्दा बढी वक्ता रहने फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिए ।

सबै सत्रहरू भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति भने रहनेछैन । फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण हुने उनले जानकारी दिए ।

नवौं संस्करणको फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा रहनेछन् ।
फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले कोभिड–१९ को संक्रमणकालीन समयमा भौतिक रूपमा फेस्टिभल आयोजना गर्न आफूहरू असमर्थ भएको बताए ।

भर्चुअल रूपमै भए पनि फेस्टिभललाई निरन्तरता दिनुपर्छ भन्ने लागेर आफूहरू अघि बढेको उनको भनाइ छ । यसैगरी सहआयोजक संस्था ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले साहित्यका माध्यमबाट पोखरालाई चिनाउनु फेस्टिभल र आफूहरुको प्रयास रहेको बताए ।

फेस्टिभल आयोजक संस्थाकी सदस्य अनीकर्मा, भरत कोइरला लगाएतले नेपाल लिटरेचर फेस्टिभल जस्ता कार्यक्रमले युवाहरूलाई साहित्यप्रति जागरुक गराएको बताएका थिए । सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाबाट शुरु भएको थियो । पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको गण्डकी प्रदेशका लागि फेस्टिभलले टेवा पु¥याउने आयोजकको विश्वास छ ।

Editor: