मुद्रा सटही व्यवसायी संगठन पोखराको अध्यक्षमा रुपकराज मिश्र चयन

मुद्रा सटही व्यवसायी संगठन पोखराको अध्यक्षमा रुपकराज मिश्र चयन

पोखरा, १६ माघ / मुद्रा सटही व्यवसायी संगठन पोखराको १५ औ साधारण सभा तथा ८ औ अधिबेशनले रुपकराज मिश्र
नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा दिपकराज पौडेल, सचिबमा संगिता पौडेल, कोषाध्यक्षमा अमृत भुजेल चयन भएका छन् । त्यसै गरी समितिको सदस्यहरुमा कमल भुजेल, अनिता अधिकारी, सब्बु श्रेष्ठ र प्रविन अधिकारी चयन भएका छन् ।

मुद्रा सटही व्यवसायी संगठन पोखराको १५ औ साधारण सभा तथा ८ औ अधिबेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद राजीब पहारीले कोरोनाका कारण अन्य व्यवसायी जस्तै मुद्रा सटही व्यवसायी पनि मारमा परेको बताए । उनले अहिलेको अवस्थामा व्यवसायीलाई संरक्षणको आवश्यकता रहेको बताउदै सरकार त्यस तर्फ लाग्नु पर्ने बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई, नेपाल राष्ट्रबैंक पोखरा शाखाका उपनिर्देशक रामकुमार कार्की, मुद्रा सटही व्यवसायी संगठन पोखराका पुर्व अध्यक्ष भरत पराजुली लगाएतले मुद्रा सटही व्यवसायी विश्वभर अहिले पनि अति आवश्यक व्यवसायमा पर्ने बताउदै यसको संरक्षणका लागि सरकार नै लाग्नु पर्नेमा जोडदिएका थिए ।

कार्यक्रम मुद्रा सटही व्यवसायी संगठन पोखराका अध्यक्ष कृष्ण भण्डारीका अध्यक्षतामा भएको थियो भने सचिब दिपकराज पौडेलले संचालन गरेका थिए ।

 

Editor: