मणिपालमा कार्यरत डाक्टरलाई कोरोना

कोरोना

पोखरा, १३ भदौ/ पोखरा महानगरपालिका–११ फुलबारीमा रहेको मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरलाई कारोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार राति स्वस्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तीमा गण्डकी प्रदेशमा ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६५ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ९ संक्रमित मणिपालमा कार्यरत २६ बर्षीय डाक्टर र लमजुङ जिल्ला, बेशीशहरुमा कार्यरत नेपाल प्रहरीका २२, २३, ३६, २३, २४, ४०, ३७, ३४ बर्षीय ८ जना पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Editor: