संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन

संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन

पोखरा, १८ जेठ/ संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन भएको छ । मुटुरोगका विरामी रहेका गुरुङको गएराति निधन भएको हो । उनी केही समय अघि मात्र कोरोना संक्रमणमुक्त भएका थिए ।

मुटुमा थप समस्या भएपछि सोमबार फिस्टेल हस्पिटल गैह्रापाटनमा भर्ना भएका गुरुङको उपचारकै क्रममा निधन भएको हो ।

हिमाली सांस्कृतिक परिवारका अध्यक्ष समेत रहेका गुरुङकी श्रीमती मीना गुरुङको वैशाख ३० गते कोरोना संक्रमणका कारण निधन भएको थियो ।

मेनकाजीलाई कोरोना लागेपछि कुरेर बसेकी उनलाई कोराना सरेको थियो । पोखरा नयाँगाउँ निवासी मेनकाजीका एक छोरा र एक छोरी रहेका छन् ।

Editor: