माछापुच्छे«को ढाँडावासीलाई नेलम्बोको सहयोग

माछापुच्छे«को ढाँडावासीलाई नेलम्बोको सहयोग

पोखरा, ६ असोज/ नेलम्बो नेपालले माछापुच्छ«े–७, धम्पुस स्थित ढाँडावासीलाई स्वास्थ्य सुरक्षा तथा सरसफाईका सामाग्रीहरु सहयोग गरेको छ ।

जसअन्र्तगत कुल ७० घरपरिवारलाई प्रति घर एउटा हात धुने सावुन र कुल ३ सय तिस जना व्यक्तिलाई पुनःप्रयोग गर्न मिल्ने एन् ९५ माक्र्स तथा स्वास्थ्य सचेतनामूलक ब्रोसर आइतवार एक कार्यक्रमका बीच स्थानीय सिर्जना सांस्कृतिक परिवारलाई प्रदान गरेको हो।त्यस्तै संस्थाले ११ वटा डस्वीन पनि हस्तान्तरण गरेको छ।

कार्यक्रम भनाई राख्दै प्रमुख अतिथि वडा सदस्य कृष्णप्रसाद भण्डारीले यस विषम् परिस्थितिमा नेलम्बोले गरेको सहयोग महत्वपूर्ण रहेको जनाउँदै त्यसले जनचेतना अभिवृद्धिमा ठूलो टेवा पुग्ने बताए ।उनले उपलब्ध सामग्रीको सदुपयोग गर्न आग्रह पनि गरे।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले कोभिड १९ को महामारीमा सवै जना एक जुट भएर लाग्नुपर्नेमा जोड दिर्दै सवैले सामाजिक दुरीलाई ख्याल गर्नुपर्ने औँल्याए ।,उनले अनिवार्य माक्स लगाउन, सावुन पानीले मिचीमिची हात धुन वा सेनिटाइजर लगाउन पनि आग्रह गरे।परिवारले देखाएको सक्रियतालाई मनन् गदै भावि दिनमा पनि सहयोग र सहकार्य गर्न नेलम्बो तयार रहेको उनले स्पष्ट पारे।

स्थानीय देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद भण्डारीले नेलम्बोले आफ्नो गाउँमा मात्र नभई अन्य ठाउँमा पनि गर्दै आएका कार्यक्रमको प्रशम्सा गरेका थिए। कार्यक्रमका बीच नेलम्बोका अध्यक्ष देवकोटा, कार्यक्रम संयोजक डा.किसन कोइराला, हेल्थ प्रमोसन अफिसर निर्मला देवकोटा लगायतले सिर्जना साँकृतिक परिवारका अध्यक्ष रामचन्द्र भण्डारीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

नेलम्बोले कुल रु. ५६ हजार वरावरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनसम्पर्क सुपरभाइजर भीमप्रसाद भण्डारीले जानकारी दिए।

सिर्जना सास्कृतिक परिवारका अध्यक्ष रामचन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष गोविन्दराज भण्डारीले स्वागत तथा सिर्जना साँस्कृतिक परिवारका सल्लाहाकार संयोजक अमृतकुमार भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।

Editor: