लामो दुरीको यातायात र आन्तरिक हवाई असोज ५ गतेबाट खोल्ने

पोखरामा निषेधाज्ञाको तेस्रो दिन पोखरा सुनसान

काठमाडौं, २९ भदौ / मन्त्रिपरिषद्को सोमबारको बैठकले अन्तर जिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।

असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई उडान र सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय भएको उनले बताए ।

Editor: