लमजुङमा चट्याङ लागेर एक विद्यार्थीको मृत्यु, १० जना घाइते

चट्याङ

पोखरा, ३ चैत/ लमजुङमा चट्याङ लागेर एक विद्यार्थीको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

लमजुङको क्वहोलासोथार गाँउपालिका–४ स्थित त्रिभुवन विद्याआश्रम माध्यमिक विद्यालयमा परेको चट्याङ लागेर १८ बर्षिय बिनोद बिकको मृत्यु भएको छ ।

घाईते मध्ये २ जना विद्यार्थीहरुलाई उपचारको लागि हेलिकप्टरबाट पोखराको मणिपाल शिक्षण अस्पताल पोखरा ल्याउनले क्रममा लमजुङ क्वहोलासोथार गाँउपालिका–४ भुजुङका १८ बर्षिय बिनोद बिकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सोही ठाउँका छबिन्द्र गुरुङको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए ।

पोखरा ल्याएका छबिन्द्रको अवस्था सिरियस रहेको उनले जानकारी दिए । बाँकि सबैको अवस्था सामान्य रहेको छ ।घटनास्थलमा प्रहरी टोलि खटि गई घाईतेहरुको उद्दार तथा घटनाको विषयमा थप अनुसन्धान गरीरहेको जनाएको छ ।

Editor: