पोखरा, २४ पुष / कास्कीका लेखनाथ अधिकारी १६ दिनदेखि बेपत्ता थिए । कास्कीको मादी गाउँपालिका – ५ चितेपानी निवासी ५४ वर्षीय लेखनाथ अधिकारीको शव बिहीबार फेला परेको छ ।
अधिकारी १६ दिनपछि बेपत्ता रहेको उनको शव चितेपानीको खोलेटो भन्ने ठाँउमा फेला परेको कास्की प्रहरीले जनाएको छ ।
गत पुस ६ गते मर्निङ वाकमा निस्केका उनको शव चितेपानीको कुल पूजा मन्दिरभन्दा तल भेटिएपछि बिहीबार नै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम गरी दाहसंस्कार भएको प्रहरीले जानकारी दिएको छ ।
बेपत्ता भएपछि उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट तालिमप्राप्त कुकुरको समेत सहयोगमा मादी क्षेत्रमा खोजतलास गरिएको थियो ।
धनुवास मावि, मादी ७ छाचोकका पूर्वशिक्षक समेत रहेका अधिकारीका श्रीमती र ३ छोरी छन् ।