गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङले भने बाध्यभए प्रधानमन्त्रीले चुनावको घोषणा गरे

गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङले भने बाध्यभए प्रधानमन्त्रीले चुनावको घोषणा गरे

पोखरा, १० पुस / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बहुमत प्राप्त सरकारलाई आफ्नै पार्टी तथा केही नेताहरुले काम गर्न अवरोध पु¥याएपछि बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुपरेको बताएका छन् ।

ओली निकट गण्डकी स्तरीय युवा भेलालाई सम्वोधन गदै उहाँले आफ्नै पार्टीका केही नेताले काम गर्न नदिएर घेराबन्दीमा पारेको बताए ।

उनले आफ्नैबाट अविश्वासको प्रस्ताव ल्याउने योजना आउपछि संसद विघट गरेर मध्यावधि निर्वाचनको घोषणा गर्न बाध्य भएको बताए ।

नेकपाको प्रचण्ड–नेपाल समुहले बहुमत छ भन्दैमा आधिकारिक पार्टीको भन्ने विषयमा भ्रम फैल्याएको उनले आरोप लगाएका छन् । उनले सूर्य चिन्ह पनि आफूहरुले नै पाउने मन्त्री गुरुङले दावी गरे ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समुहका नेता खगराज अधिकारीले प्रचण्ड —नेपाल समुहले प्रदेश सरकार तिर अस्थिरता निम्त्याउन खोज्ने आरोप लगाए ।

 

Editor: