कास्की मोडेल अस्पतालको अध्यक्षमा जगनबहादुर गुरुङ

कास्की मोडेल अस्पतालको अध्यक्षमा जगनबहादुर गुरुङ

पोखरा, ३ माघ / पोखराको न्युरोडमा रहेको कास्की मोडेल अस्पतालको संचालक समितिको अध्यक्षमा जगनबहादुर गुरुङ चयन भएका छन् ।

अस्पतालको १६ औ साधारण सभाले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

अस्पतालका संचालकहरुमा डा लुमेश्वर आचार्य, डा भोगेन्द्र बहादुर केसी, दिलिप शर्मा भट्टराई, डा विरबहादुर कार्की, शान्ति श्रेष्ठ उदास, डा सुधीर रमण पराजुली, सुर्य प्रसाद पोख्रेल चयन गरेका छन् ।

अध्यक्ष जगन बहादुर गुरुङ सफल युवा व्यवसायी, वित्तीय क्षेत्र, स्वास्थ्य, खेलकूद , रोटरी लगायत सामाजिक संघ सस्थाहरुमा आवद्ध छन् ।

Editor: