काइण्डनेस क्लब मदरल्याण्डद्वारा बालआश्रममा सहयोग

काइण्डनेस क्लब मदरल्याण्डद्वारा बालआश्रममा सहयोग

पोखरा, ५ कात्तिक/ काइण्डनेस क्लब मदरल्याण्डले कल्याणी बालआश्रम लामाचौरलाई विभिन्न सामग्री सहयोग गरेका छ । बालआश्रममा रहेका १२ जना बालबालिकाहरूलाई खाद्यान्न, लत्ता कपडा, जुत्ता आदि सामग्री सहयोग गरेको हो ।

क्लबका संस्थापक दुर्गामाया एण्डर्सन, देव एण्डर्सन र विद्यार्थीहरू इप्सु न्यौपाने, कृपा बराल, एल्भिना बराल, बिशेष बराल लगायतका विद्यार्थीहरूले सहयोग हस्तान्त्ररण गरेका थिए ।

चाडपर्वको समयमा प्राप्त गरेको सानो सहयोगले पनि बालबालिका हर्षविभोर भएको दृश्यले सबैलाई भावविभोर बनाएको थियो। उक्त अवसरमा कल्याणी बाल आश्रमका संचालिका कुमारी भवानी थापाले सहयोगका लागि काइण्डनेस क्लब मदरल्याण्डलाई धन्यवाद ज्ञापन गर्नुका साथै आगामी दिनमा सहयोगी हातहरू आवश्कय रहेको बताएका थिए ।

Editor: