पोखरामा केटु आरोहीलाई नागरिक अभिनन्दन गरिने

पोखरामा केटु आरोहीलाई नागरिक अभिनन्दन गरिने

पोखरा, २४ माघ/ शिशिर ऋतुमा विश्व कै दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहरण गरेर कीर्तिमानी राख्न सफल १० नेपाली पर्वतारोहीको टोलीलाई पोखरामा नागरिक अभिनन्दन गरिने तयारी भएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजनामा माघ २६ गते पोखरा विमानस्थलमा बाजागाजासहित स्वागत गर्दै पोखरा बजार परिक्रमा गरेर अभिनन्दन गर्न लागिएको परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइले जानकारी दिए ।

अभिनन्दन कार्यक्रमका संयोजक ट्रेकिङ्ग एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्लका अध्यक्ष सुशिलराज पौडेलले ‘किलर माउण्टेन’ भनेर चिनिने निकै चुनौतिपूर्ण रहेको केटु हिमालको सफल आरोहरणले नेपालको नामलाई विश्वमा चिनाउन सफल भएको बताए ।

पाकिस्तानमा रहेको केटु हिमाल ९ हाजर ८ सय ६१ मिटर नेपालका १० जना पर्वतारोहीले माघ ३ गते शनिबार आरोहरण गरेर इतिहास रचेका थिए । हिउँदको समयमा कोही आरोही पनि पुग्न सकेको थिएनन् ।

हिमाल आरोहरण गर्ने निर्मल पुर्जा, मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङमा जी शेर्पा, दावा तेन्जीङ शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पाले सफल आरोहरण गरेका थिए ।

सोही अवसरमा नेपाल पर्वतारोहरण संघ गण्डकी प्रदेशको आयोजनामा गरिएको धम्पुस पिक(थापा पिक ६०१९) आरोहण गरेका गण्डकी प्रदेशका ६ जना आरोहीलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ ।

टासी पासाङ्ग, मन गुरुङ्ग, सनकुमार जुग्जाली, दिपेशबाबु सुवेदी, सुदिप गौतम र हिराकुमारी मल्लले माघ ३ गते सफल आरोहरण गरेका थिए ।

Editor: