‘सुर्य चिन्ह् अरु कसैको हुनै सक्दैन’ –उपप्रधानमन्त्री ईश्वर पोखरेल

ईश्वर पोखरेल

पोखरा, २ फागुन/ उपप्रधानमन्त्री ईश्वर पोखरेलले पत्रकारहरुलाई पेसागत दक्षा र बिचारमा प्रस्ट हुन निर्देशन दिएका छन् ।

ओली निकट प्रेस संगठन नेपाल गण्डकी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले पत्रकारहरुले आफ्नो व्यवसायिक दक्षतामा ध्यान नदिई मिसन पत्रकारीतामा लागेको आरोप लगाए ।

उपप्रधानमन्त्री पोखरेलले पत्रकारहरु पेशागत दक्षताको विकाससंगै विचारमा जिम्मेवारी हुर्नेमा जोड दिए । उनले सरकारले तीन बर्षे कार्यकालमा गरेका उपलव्धिलाई जनता समक्ष प¥ुयाउन मिडिया मार्फत भूमिका खेल्न निर्देशन समेट दिए ।

उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली नेतृत्वनै नेकपा आधिकारी पार्टी भएको कारण सूर्य चिन्ह पनि वाहिर नजाने बताए ।

गण्डकी प्रदेश आर्थिक मामिला तथा विकास मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य किरण गुरुङले जनाधार बलियो भएको पार्टीमा बाँसको सुत्लो उकिएको एउटा टुक्राले पार्टीलाई कुनै असर नपर्ने बताए ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले पत्रकारहरुको छाता संगठन महासंघले पार्टी र व्यक्तिको नभई श्रमजिवि पत्रकारहरुको हितमा काम गर्नुपर्ने बताए ।

Editor: