सिद्धि सेतुलीबाट हिरा भट्टराई र सानिमा स्मृति पुरस्कार–२०७७ बाट प्रमिला थकाली सम्मानित

सिद्धि सेतुलीबाट हिरा भट्टराई र सानिमा स्मृति पुरस्कार–२०७७ बाट प्रमिला थकाली सम्मानित

पोखरा, ८ माघ/ “सिद्धि सेतुली स्मृति पुरस्कार–२०७७” बाट महिला उद्यमी हिरा भट्टराई र “सानिमा स्मृति पुरस्कार–२०७७” बाट अपाङ्गताको क्षेत्रमा रही काम गर्दै आउनुभएकी गण्डकी बहिरा संघकी उपाध्यक्ष प्रमिला थकाली सम्मानित हुनुभएको छ ।

बुधबार सिद्धि सेतुली प्रतिष्ठान, पोखराको आयोजनामा भएको एक कार्यक्रमका बिच उहाँहरुलाई सो सम्मान अर्पण गरिएको हो । कार्यक्रममा त्रिभुवन विश्व विद्यालय पश्चिमाञ्चल सह परीक्षा नियन्त्रक मीना गुरूङले कामको क्षमतासँगै फरक क्षमता भएर समाज परिवर्तनमा सम्मानित दुवैको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।

सम्मानित हुनुभएका व्यक्तित्वहरू आफ्नो क्षेत्रमा सक्षम र सवल हुनुहुन्छ, उहाँले भन्नुभयो, ‘महिलाको सशक्तीकरणमा र अपांगताको क्षेत्रमा कार्य गर्ने दुवैजनालाई निरन्तरता दिन आग्रह गर्दछु ।’

हरेक वर्ष अर्पण गर्दै आएको यस पुरस्कारलाई निरन्तरता दिन सकेकोमा खुसी व्यक्त गर्दै सिद्धि सेतुली स्मृति प्रतिष्ठान पोखराका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले समाज र राष्ट्रका निम्ति आफ्नो क्षेत्रमा रहेर योगदान पु¥याउने सम्मानित दुवैको योगदान अतुलनीय रहेको बताउनुभयो ।

त्यस्तै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले प्रतिष्ठानबाट गरिएको सम्मान समावेशी ढंगको भएको भन्दै स्त्री शक्ति सम्मान भएकोमा गर्विलो महसुस गरेको बताउनुभयो ।

सोहि पुरस्कार अर्पण कार्यक्रममा बोल्दै सिद्धि सेतुली स्मृति पुरस्कार २०७७ बाट सम्मानित महिला उद्यमी एवं रेडियो जननी ९०.६ का संस्थापक अध्यक्ष हिरा भट्टराईले आर्थिक पाटोलाई दरिलो बनाउने उद्देश्य सहित सानै लागानीमा घरपरिवारको हौसलाले उद्यम क्षेत्रमा सक्रिय भएको स्मरण गर्नुभयो ।

यस प्रतिष्ठानबाट गरिएको सम्मानले आफुलाई काम गर्नका लागि अझ उर्जा मिलेको भन्दै उहाँले जुनसुकै क्षेत्रमा रहेर पनि उद्यम क्षेत्रलाई निरन्तरता दिइराख्ने प्रतिवद्घता व्यक्त गर्नुभयो ।

त्यस्तै सानिमा स्मृति पुरस्कारबाट सम्मानित गण्डकी बहिरा संघका उपाध्यक्ष प्रमिला थकालीले अपाङ्गताको क्षेत्रमा विशेष गरेर बहिराहरू पछाडि पर्ने गरेको भन्दै सांकेतिक व्यक्ति कोहिपनि कमजोर नरहेको बताउनुभयो ।

पश्चिमा देशहरुको तुलनामा नेपालमा बहिरा समाजको अभावका कारण असहज परिस्थिति रहेको भन्दै थकालीले बहिराहरूको निम्ति विभिन्न सीप, तालिम, सभा, सेमिनार जस्ता कार्यक्रमहरू संचालन गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका पुर्व अध्यक्ष तथा प्रतिभा छनोट समितिका संयोक नारायण कार्कीले सम्मानित व्यक्तित्वहरूको परिचय दिनुभएको थियो ।

प्रतिष्ठानले हाल सम्म सिद्धि सेतुली स्मृति पुरस्कारबाट ६ जना र सानिमा स्मृति पुरस्कारबाट १ जनालाई सम्मान गरिसकेको संस्थापक अध्यक्ष विश्वरत्न शाक्यले जानकारी दिनुभयो ।

Editor: