घान्द्रुकमा जीप दुर्घटना एक जनाको मृत्यु

घान्द्रुकमा जीप दुर्घटना तस्बिरः सुरेन्द्र गुरुङको फेसबुकबाट

पोखरा, १९ साउन / कास्कीको नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी जीप चालक ४० बर्षिय सुरेश शेरचनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पोखराबाट घान्द्रुक सामग्री लिएर जादै गरेको ग२च २८१७ को जीप क्लिउ दुर्घटना भएको कास्की जिल्ला प्रहरी प्रबक्ता सुभाष हमालले जानकारी दिए । टर्निङमा गाडी घुमाउन खोज्दा दुर्घटना भएको उनले बताए ।

Editor: