पोखरामा सुनका गहना चोरी गर्ने पर्वतका युवा पक्राउ

सुनका गहना चोरी

पोखरा, १२ माघ / पोखराका विभिन्न ठाँउमा चोरी गरेका सुनका गहनासहित कास्की प्रहरीले एक जनालाइ पक्राउ गरेको छ ।

पर्वतको कुश्मा नगरपालिका ११ घरभई पोखरा २६ बिजयपुर बस्दै आएका २६ वर्षीय किशोर शर्मालाई चोरीका गहनासहित कास्की प्रहरीले पक्राउ गरेको हो । शर्मालाई प्रहरीले माघ सात गते पोखराको पस्र्याङबाट पक्राउ गरेको हो ।

पोखरा ५ धारापानी मार्गमा डेरागरी बस्ने गीता भुजेलको डेरा कोठाको दराजको चाँवी फोरी माग ६ गते दराजभित्र रहेका औंठी, सिक्री, मंगलसुत्र लगायतका सामग्री चोरी भएको सूचनाका आधारमा खोजी गर्ने क्रममा शर्मालाई चोरीका गहनासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।

शर्मालाई चोरी गरेका सुनका गहनाहरु छड्के तिलहरी १ थान, मंगलसूत्र १ थान, सानो तिलहरी १ थान, माइली तिलहरी १ थान, सानो मंगलसूत्र १ थान, छापे औंठी १ थान, सिक्री १ थान, मुन्द्रा १ थान, ग.१३ प ३७४७ नम्बरको रातो स्कुटर १ थान, फलामको रड एक थान, मोवाइल २ थान बरामद गरिएको छ ।

शर्मामाथि डाँका चोरी सम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

Editor: