गण्डकी प्रदेश सरकार ३ वर्ष, सरकारले बनाएको लक्ष्य भेटाउ नै मुस्कील

पोखरा, ४ फागुन / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकार बनेको तीनवर्ष सकिँदापनि काम गर्न नसक्नुमा संघ सरकार दोषी रहेको बताएका छन् ।

गण्डकी प्रदेश सरकार स्थापनाको तेश्रो वार्षिकोत्सवको अवसरमा पोखरामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले संघ सरकारका कारण प्रदेश सरकार स्थापना भएको तीनवर्ष बित्दापनि सोचेजस्तो काम गर्न नसकेको बताउनु भयो ।

उहाँले जनताको साथ र समर्थन हुँदाहुँदै पनि काम गर्न नसक्नु संघ सरकारका भएको बताउनु भयो । उहाँले सिंहदरबारको केन्द्रीकृत मानसिकताका कारण काम गर्ने वातावरण नवनेको हो ।

उहाँले तिन वर्षमा सोचेजती काम गर्न नसके पनि आफुले माफि भने नमाग्ने वताउनु भयो । प्रदेश सरकारका कारणले भन्दापनि संघ, सरकारको केन्द्रीकृत मानसिकताको कारणले काम गर्न सकिएन, त्यसैले माफि पनि नमाग्ने वताउनु भयो ।

मुख्यमन्त्री गुरुङले विभिन्न पूर्वाधार बनाउनका लागि जग्गा प्राप्ति संघीयता कार्यान्वयनको मुख्य बाधक भएको बताए ।
जग्गाका कारण चाहेर पनि पूर्वाधार निर्माण गर्न नसक्दा प्रदेश सरकारको काम नदेखिएको उनको भनाई छ ।

जग्गा मागेको एकमहिनामा प्राप्ति भइसक्नुपर्नेमा ३ वर्ष पुग्दापनि नपाउँदा काम गर्न नपाएको उनले बताए । संघीयताको विरोध गर्ने संविधान विरोधी भएको आरोप लगाउँदै उनले भने, ‘संघीयता विरोधी कुरा किन गरेको ? तपाईंले संविधान मान्नु पर्दैन ? ।’

मुख्यमन्त्री गुरुङले तीनवर्ष पार गरेपछि प्रदेश बल्ल सरकार हुनुको महशुस भएको बताए । जग्गा प्राप्तिदेखि प्रदेश प्रहरी तथा कर्मचारी समेत आफैले भर्ना गर्न पाउने लगायतका व्यवस्था भएपछि सरकार हुनुको महशुस बल्ल भएको उनको भनाई छ ।

उनले गण्डकी प्रदेश उज्यालो प्रदेश, एकघर एकधारा, सडक, पानी, मुख्यमन्त्री नमूना कृषि गाउँ, होम–स्टेलगायतका कार्यक्रमले प्रदेशको काम अलिअलि भएपनि देखिएको बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश सरकारले सरकार हुनुको महशुश गराउन नसकेको टिप्पणी गरे । उहाँले प्रदेशबासीले अनुभूति गर्नेगरी काम नभएको वताउनु भयो ।

Editor: