गण्डकी प्रदेश सरकारको बजेट ३० अर्ब पुर्णविवरण सहित

कृष्णचन्द्र नेपाली पोखरेल

पोखरा, १ असार/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँको बजेट ल्याएको छ । अघिल्लो वर्ष भन्दा करिब ४ अर्ब रुपैया कम हो । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा अर्थमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार सदनमा बजेट प्रस्तुत गर्दै चालुतर्फ १३ अर्ब ६ करोड र पुँजीगततर्फ १६ अर्ब ७३ करोड छुट्याइएको जानकारी दिए ।

चालुतर्फ ४३ दशमलव ५ प्रतिशत र पुँजीगततर्फ ५५ दशमलव ७ प्रतिशत बजेट छुट्याएका छन् । बजेट कोरोना महामारी नियन्त्रण, आर्थिक समृद्धि र सुशासन, स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्रथामिकता दिएको उनले बताए । गण्डकी विश्वविद्यालयमा ३५० शैय्याको जनरल, ५० शैय्याको मुटु रोग, ५० शैय्याको अर्बुद र ५० शैय्याको मिगौला रोगको उपचार हुने शिक्षण अस्पतालको निर्माणका लागि बजेट विनियोजन भएको छ ।

संघ सरकराको सहयोगमा सबै जिल्ला अस्पताललाई २५ देखि ५० शैय्या र धौलागिरि अस्पताललाई स्तरोन्नती गरिने उनले बताए । सबै जिल्ला अस्पतालमा २ देखि ५ शैय्याको सघन उपचार कक्ष स्थापना हुने बजेटमा उल्लेख छ । नवलपुरको मध्यविन्दू अस्पताल, तनहुँको दमौली अस्पताल, बागलुङको धौलागिरि अस्पताल, पर्वतको भिरकोट अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नती गरिने उनले बताए । गोरखाको आँपपिपल अस्पताललाई ५० शैय्याको बनाइने बताए ।

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारले ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । कोरोना संक्रमण भएर मृत्यु भएका अभिभावकका सन्तानलाई ५ हजार रुपैयाँ मासिक भत्ता उपलब्ध गराउने घोषणा बजेटमा उल्लेख छ । अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट करिब ८ सय जनाले ज्यान गुमाएका छन् । बालबालिका, गर्भवती र अपाङ्गका लागि पोषण पु¥याउन कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए ।

पोखरेलले स्थानीय तहका लागि वित्तिय समानीकरण अनुदानमा १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । वित्तिय समानीकरण अनुदानमा स्थानीय तहलाई १ अर्ब १० करोड रुपैयाँ, प्रदेश र स्थानीय तहको साझेदारीका लागि प्रत्येक पालिकालाई १ करोड रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको छ ।

एकल कर प्रशासन मार्फत संकलन हुने स्थानीय तहलाई राजश्व बाँडफाँटबाट ६० करोड विनियोजन गरिएको मुख्यमन्त्री पोखरेलले बताए । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार पारित भएको थियो ।

 

आर्थिक वर्ष २०७८/७९

बजेट वक्तव्य

माननीयसभामुखमहोदय,

  • विश्वव्यापी महामारीको रुपमा फैलिएकोकोभिड-१९ को दोस्रो लहरकाकारण सिर्जित विषम परिस्थितिका बीचमा नागरिकको जीवनरक्षा गर्दै विकास निर्माणलाई अगाडि बढाउने तथा प्रदेशकोअर्थतन्त्रलाई गतिशिल तुल्याउने दृढ विश्वासका साथ गण्डकीप्रदेशसरकारकोतर्फबाटमयसगरिमामयसभासमक्षआर्थिकवर्ष२०७८/७९कोवार्षिकबजेट तथा कार्यक्रमप्रस्तुतगर्न उपस्थित भएको छु।
  • बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभन्दा अगाडि म संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन लगायतका सबै आन्दोलनमाआफ्नो प्राण उत्सर्ग गर्ने ज्ञात-अज्ञात अमर सहिदलाई स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु।साथै नेपाली समाज रूपान्तरणको क्रममा अग्रपङ्तीमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुनेअग्रजहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु।
  • विश्वव्यापी रुपमा देखा परेको कोभिड-१९ ले यस प्रदेशका नागरिकको दैनिक जनजीवनमा प्रतिकुल असर परेको छ।महामारीको चपेटामा परेर ज्यान गुमाएका सबै नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै कोरोनाबाट संक्रमित सबै जनालाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। यसका साथै कोरोना महामारीका विरुद्ध अग्रपङ्क्तिमा रही सेवारत सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा यस अभियानमा खटिएका जनप्रतिनिधि, राष्ट्रसेवक, स्वयंसेवक र नागरिकहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।
  • विद्यमान राजनीतिक जटिलताका बीच यो सरकार गठन भई अति छोटो समयमा बजेट तथा कार्यक्रम पेश गर्नुपर्ने कानूनी व्यवस्थाको पालना गर्दै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छु। वर्तमान सरकार लोकतान्त्रिक अभ्यास, सामाजिक न्यायमा आधारित समाज र समृद्ध प्रदेश निर्माण गर्न प्रयत्नशील रहेको छ।
  • योबजेटतर्जुमागर्दानेपालकोसंविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली,नेपालसरकाररगण्डकीप्रदेशसरकारकाकानून,आवधिक योजना,दिगोविकासकालक्ष्य,मध्यमकालीनखर्चसंरचना,प्रदेशसरकारकोनीतितथाकार्यक्रम र सत्ता साझेदार राजनैतिक दलहरू बीचको सहमतिलाईआधारमानेकोछु। सरकार गठन र सरकारलाई अघि बढ्न मार्ग निर्देशन गर्नुहुने अग्रज जनप्रतिनिधिज्यूहरू, विषय विज्ञ, निजी क्षेत्र र आम नागरिकका अपेक्षा र सुझावलाई ध्यान दिएको छु।
  • चालु आर्थिक वर्षमा कोरोना प्रकोपले सामाजिक जीवनका विभिन्न क्षेत्रहरूसँगैअर्थतन्त्र पनि नकरात्मक रुपले प्रभावित हुन पुगेको छ। हामी लामो समयको बन्दाबन्दी, नागरिकहरूको आर्थिक गतिविधिमा कमी, कोरोनाको त्रास र अन्यौलताका बीच गुज्रन बाध्य भएका छौं।
  • आगामी आर्थिक वर्षको व्ययको अनुमान गर्दा आर्थिक मितव्ययिता, कार्यान्वयन योग्यता, विकासको आवश्यकता,नागरिकका अपेक्षा,र सत्ता साझेदार राजनैतिक दलहरू बीचको समझदारीलाई प्राथमिकता दिएकोछु। साथैकोभिड-१९ कोमहामारीकाकारणसंकटग्रस्तअर्थतन्त्रलाईपुनःगतिशीलरचलायमानबनाउनअनुत्पादकलगानीरअनावश्यक खर्चलाईकटौतीगरेकोछु।योबजेटतर्जुमागर्दास्थानीयस्रोतरसाधनकोपरिचालनगरीसेवा,उत्पादनररोजगारीअभिवृद्धिगर्नेयोजनारकार्यक्रममाकेन्द्रितभएको छु।

 

सभामुखमहोदय,

  • चालु आर्थिक वर्षको १० महिनाको मन्त्रालयगत प्रगतिको छुट्टै विवरण तयार गरी पेश गरेकोछु।चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा कूल विनियोजनको ३७.७६ प्रतिशत बजेट खर्च भएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.७६ प्रतिशतले बढी हो। कुल खर्च मध्ये चालुतर्फ ५२.८० प्रतिशत र पुँजीगततर्फ ७०.४६ प्रतिशत रहेको छ। स्रोत व्यवस्थापनतर्फ चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा ६८.१८ प्रतिशतलक्ष्य प्राप्त हुन आएको छ।

 

सभामुखमहोदय,

अबम,आगामीआर्थिकवर्ष२०७८/७९कोबजेटकाउद्देश्यतथाप्राथमिकताप्रस्तुतगर्दछु।बजेटका उद्देश्यहरू निम्नानुसार रहेका छन्।

  • विश्वव्यापी रुपमा देखा परेको कोभिड-१९ को महामारीबाट प्रदेशका नागरिकहरूको जीवन रक्षा गरी जनजीवनलाई सामान्यीकरण गर्नु।
  • संघीय संरचनाको बलियो आधार निर्माणका निम्ति प्रदेश सरकारको भूमिका थप प्रभावकारी बनाउनु।
  • सुशासन,विकास र समृद्धिहासिल गर्न जोड दिंदै सार्वजनिकखर्चमापारदर्शिता, मितव्ययितारउत्तरदायित्वकायम गरी सरकारी खर्चको उपादेयता बढाउनु।
  • उपलब्धस्रोतरसाधनकोमहत्तम परिचालनगर्दै प्राप्तप्रतिफलकोन्यायोचितवितरण सुनिश्चितगर्नु।
  • आर्थिक-सामजिक र भौतिक पूर्वाधारहरूको विकास तथा निर्माणलाई तीब्रता दिनु।
  • संघीयईकाइहरूका बीचमा सुमधुर सम्बन्ध कायम गरी समन्वय र अन्तरसम्बन्धलाई सुदृढ तुल्याउनु।

 

 

माथिउल्लिखितउद्देश्यहासिलगर्नदेहायअनुसारकाक्षेत्रगतप्राथमिकतानिर्धारणगरेको छु।

  • कोरोना उपचार, नियन्त्रण र रोकथाम गरी प्रदेशका सबै नागरिकलाई सुरक्षित बनाई कोरोनामहामारीकाकारणस्वदेशरविदेशमारोजगारीगुमाएकातथाबेरोजगारनागरिकलाईरोजगारीकोअवसरसृजनागर्ने,
  • स्वास्थ्यपूर्वाधारहरूको विकास तथा विस्तार र दक्ष जनशक्तिहरूको व्यवस्थापन गरी समग्र स्वास्थ्य क्षेत्रको सुदृढीकरण गर्ने,
  • कोरोनामहामारीकाकारणप्रभावितउद्योगव्यवसायलाईपुनर्जीवनदिन राहत तथा पुनस्थापना सम्बन्धीविशेषकार्यक्रमसञ्चालनगर्ने,
  • कृषि क्षेत्रको आधुनिकीकरण मार्फत उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्दै खाद्य सुरक्षाको प्रत्याभूति गर्ने,
  • भौतिक पूर्वाधार विकासमा जोड दिंदैअधुरा तथा क्रमागत आयोजनाहरूलाई सम्पन्न गर्ने तथापूर्वाधारविकासनिर्माणकानयाँआयोजनालाईविशेषप्राथमिकतादिने,
  • संविधान प्रदत्त प्रदेश क्षेत्राधिकारका विषयहरू थप प्रभावकारी रुपमा अगाडि बढाउने,
  • संघीय सरकार र स्थानीय तहसँगको सहकार्य र समन्वयलाई जोड दिने,
  • सार्वजनिकसेवाप्रवाहलाईगुणस्तरीय,पारदर्शी,सर्वसुलभ र प्रविधिमैत्रीबनाईनागरिककोपहुँचअभिवृद्धिगर्ने,
  • सार्वजनिक, सहकारी र निजी क्षेत्रमा उपलब्ध स्रोत र साधनको उत्पादनशील क्षेत्रमा परिचालन गरी दिगो एवम् उत्थानशील अर्थतन्त्र निर्माण गर्ने।
  • समन्वय, सहकार्य र एकताको भावना अनुसार प्रदेश सरकारका काम कारवाही अगाडि बढाउने,

 

सभामुखमहोदय,

अबम,अन्तरसरकारीवित्तीयहस्तान्तरणअन्तर्गतस्थानीयतहमाभएकोविनियोजनसम्बन्धीविवरणप्रस्तुतगर्नचाहन्छु।

  • प्रदेशसरकारकोस्रोतमासंकुचनआएतापनिआगामीआर्थिकवर्षकालागिस्थानीयतहमाहस्तान्तरणहुनेवित्तीयसमानीकरणअनुदान, सशर्त अनुदान,समपूरकअनुदानरविशेषअनुदानलाईनिरन्तरता दिएकोछु।स्थानीयतहकोखर्चकोआवश्यकता,मानवविकाससूचकाङ्ककोअवस्थारराजस्वक्षमतासमेतकाआधारमावित्तीयसमानीकरणअनुदानतर्फरू.१अर्ब१०करोडविनियोजनगरेकोछु।
  • प्रदेशसरकाररस्थानीयतहबीचकोसाझेदारीकाकार्यक्रमकोलागि प्रत्येक स्थानीय तहमारु. १ करोडका दरले विनियोजन गरेकोछु। यसबाट स्थानीय तहका मागमा आधारित आयोजना पूरा हुने विश्वास लिएकोछु।
  • स्थानीय तहका प्रशासनिकभवननिर्माणसाझेदारीकार्यक्रम अन्तर्गत निर्माणाधिन प्रशासनिकभवन पूरा गर्न आवश्यक रकम विनियोजन गरेकोछु।
  • प्रदेशसरकारकोएकलकरप्रशासनमार्फतसंकलनहुनेसवारीसाधनकरबाटस्थानीयतहलाईराजस्वबाँडफाँटबापतरु. ६०करोडहस्तान्तरणहुनेअनुमानगरेकोछु।

 

 

 

 

सभामुखमहोदय,

अबमआगामीआर्थिकवर्षकोबजेटकाकार्यक्रमतथाविनियोजनप्रस्तुतगर्नचाहन्छु।

कोरोनारोगकोरोकथामरस्वास्थ्य प्रणालीमा सुधार

  • प्रदेशका सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्न खोप खरिदको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • कोरोनाभाइरस (COVID-19) रोगकोरोकथाम, नियन्त्रणतथाउपचारलाईप्रभावकारीबनाउनआवश्यकस्रोतरसाधनसुनिश्चितगरेकोछु। प्रदेश सरकार अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूको क्षमता विकास, पूर्वाधार निर्माण र सेवाप्रवाह सुधारका निम्ति आवश्यक रकम विनियोजन गरेकोछु।
  • संक्रामकतथासरुवारोगअस्पतालमाअत्याधुनिकप्रविधिसहितकोसुविधासम्पन्न भवन निर्माण गरी सेवा सुविधा बिस्तार गर्न स्रोतको व्यवस्था गरेकोछु।
  • स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर (Cervical Cancer) र पाठेघरको क्यान्सरको शल्यक्रियामालाग्ने खर्च प्रदेश सरकारबाट व्यहोर्ने व्यवस्था मिलाएकोछु।
  • दुर्गमक्षेत्रकाजटिलअवस्थामारहेकागर्भवतीरसुत्केरीमहिलातथानवजातशिशुकोउद्धारगरीसुविधासम्पन्नअस्पतालसम्मपुर्‍याउनएयरलिफ्टिङ्गकार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउने गरी बजेट विनियोजन गरेको छु।
  • नेपालसरकाररस्थानीयतहसँगकोसाझेदारीमाशिशु, बालबालिका,किशोरी, अपाङ्गताभएकाव्यक्तिरगर्भवतीकोपोषणस्थितिमासुधारल्याउनबहुक्षेत्रीयपोषणसुधारकार्यक्रमलाई निरन्तरता दिनरु. 1 करोड 50लाखबजेटछुट्‌याएकोछु।
  • नेपालसरकारसँगकोसहकार्यमासबैजिल्लाअस्पताललाई२५देखि५०शैयारधौलागिरीअस्पताललाई२सयशैयाकोजनरलअस्पतालमास्तरोन्नतिगरिनेछ।प्रदेशसरकारकोस्रोतबाटसबैजिल्लाअस्पतालमा२देखि५शैयाकोसघनउपचारकक्षनिर्माण कार्य सम्पन्न गराउन आवश्यक बजेट विनियोजन गरेको छु।५०शैयाभएकाअस्पतालमाआँखाउपचारसेवा,मृगौलापीडितविरामीकालागिडायलाइसिससेवारज्येष्ठनागरिकउपचारवार्डसञ्‍चालनगर्नेकार्यक्रमलाईनिरन्तरता दिएको छु।
  • मुख्य राजमार्ग पर्ने नवलपूरको मध्यविन्दु अस्पताल, तनहुँको दमौली अस्पताल, बाग्लुङको धौलागिरी अस्पताल र स्याङ्जाको भीरकोट नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नती गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • स्थानीय तहसँगको समन्वय रसहकार्यमागोरखा जिल्लाको आँपपिपल अस्पताललाई ५० शैयाको अस्पताल बनाउन प्रकृया अगाडि बढाउने व्यवस्था गरेको छु।
  • गण्डकी विश्वविद्यालयमा३५० शैयाको जनरल, ५० शैयाको मुटु रोग, ५० शैयाको अर्बुद रोग, ५० शैयाको मृगौला रोगसहित ५०० शैयाको शिक्षण अस्पताल स्थापनाको लागि बिस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण कार्य प्रारम्भ गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • अपाङ्गता भएका व्यक्ति,असहाय, अशक्त,गर्भवती,सुत्केरी, ज्येष्ठनागरिकरविपन्नवर्गकोउपचारसुविधालाईनिरन्तरतादिनेव्यवस्थामिलाएकोछु।क्यान्सर,मुटु,मृगौला,सिकलसेलएनिमिया,स्पाइनलइन्जुरी,पार्किन्सन, अल्जाइमररहेडइन्जुरीजस्तारोगबाटपीडितअतिगरिबविरामीलाईउपचारकोलागिआर्थिकसहयोगगर्नेकार्यक्रमलाईनिरन्तरतादिदैं यस्ता रोगबाटपीडित बिरामीहरूलाई दोहोरो नपर्ने गरी औषधि उपचारको लागि मासिक रु. ४ हजारका दरले सुविधा उपलब्ध गराउने व्यवस्था गरेकोछु।
  • प्रदेश मातहतका अस्पतालहरूबाट ६५ वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई निशुल्क स्वास्थ्य उपचार सुविधा दिइनेछ। प्रदेशका नागरिकहरूलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न “स्वास्थ्य बीमाः सरकारको जिम्मा” कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु।
  • स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रदेश मातहतका जिल्ला स्वास्थ्य कार्यालयमार्फत वार्षिकरु. ६ हजार प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाएको छु।
  • आयुर्वेदतथाप्राकृतिकचिकित्सालगायतकावैकल्पिकचिकित्सासेवालाईप्रवर्द्धनगर्नआवश्यकबजेटव्यवस्थागरेको छु।

 

शिक्षा तथा विज्ञान प्रविधि

  • गण्डकीविश्वविद्यालयरगण्डकीप्राविधिकशिक्षातथाव्यवसायिकतालिमप्रतिष्ठानकोपूर्वाधारविकासगरी आगामी आर्थिक वर्षबाट सञ्चालनमा ल्याउने व्यवस्था मिलाएको छु।गण्डकीविश्वविद्यालयअन्तर्गतसूचनाप्रविधि विषयरशिक्षणअस्पतालस्थापनागरीचिकित्साविज्ञानविषयकोअध्ययनअध्यापनकार्यआगामीआर्थिकवर्षमासुरुगर्नेगरीबजेटमा आवश्यक व्यवस्था मिलाएकोछु।
  • प्रदेशमाविज्ञानतथाप्रविधिकोअध्ययन,अनुसन्धानरविकासकालागिगण्डकीविज्ञानतथाप्रविधिप्रतिष्ठानकोसञ्चालन,प्रयोगशालाकोस्थापनारउपकरणखरिदतथाविश्वविद्यालयमाअध्ययनरतविद्यार्थीलाईअनुसन्धानवृत्तिकालागिआवश्यक बजेटको व्यवस्थागरेको छु।
  • एमबीबीएसलगायतउच्चप्राविधिकशिक्षाअध्ययनकालागिछात्रवृत्तिमाछनौटभएकाशहीद र बेपत्ता परिवारका छोराछोरी, द्वन्द्व पीडित,दलित, लोपोन्मुख,अल्पसंख्यकतथागरिबविद्यार्थीलाईथपप्रोत्साहनगर्न”सहिद दिलबहादुर रम्तेल स्मृति उच्चशिक्षाप्रोत्साहनछात्रवृत्तिकार्यक्रम” को लागि आवश्यक बजेटको व्यवस्था गरेकोछु।सहिदस्मृति आवासीय विद्यालयको संरचना स्तरोन्नति तथा मर्मत संभारको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।

 

सामाजिकसुरक्षा, श्रमतथारोजगाररसंस्कृति

  • नेपालसरकारकोसहकार्यमायोगदानमाआधारितसामाजिकसुरक्षाकार्यक्रमकार्यान्वयनगर्नसामाजिकसुरक्षाकोषस्थापनाकोलागिरु. ५करोडबजेटविनियोजनगरेको छु।
  • प्रदेश भित्रका विपन्न समुदायको उत्थान, सशक्तीकरण र विकासका निम्ति “विपन्न बस्तीमा मुख्यमन्त्री” कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाउन आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • कोरोना महामारीका कारण अभिभावक गुमाएका बालबालिकालाई सामाजिक सुरक्षावापत मासिक रु. ५ हजारका दरले राहत उपलब्ध गराउने व्यवस्था मिलाएकोछु। साथै कोरोनाका कारण मृत्यु भएका व्यक्तिहरूका परिवारका लागि रु. ५० हजार आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था मिलाएको छु।
  • द्वन्द्व पीडित तथा सहिद परिवार र द्वन्द्वका क्रममा घाइते नागरिकहरूको तथ्याङ्क संकलन गरी परिचयपत्रको व्यवस्था गर्न, राहत प्रदान गर्न र सहिद स्मारक संरचनाहरुको मर्मत-सम्भारको लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • बहुसांस्कृतिकग्रामकोस्थापनागरीजाति, भाषा, कला, साहित्य, संगीतरसंस्कृतिकोसंरक्षणएवंविकासमाविशेषजोडदिएको छु।गीत, संगीत, कला, साहित्य, नाटक,लोकदोहोरीतथानृत्यकोप्रदेशस्तरीयकार्यक्रमसञ्चालनकोनिम्तिप्रोत्साहनस्वरूपआवश्यकबजेटकोव्यवस्थागरेको छु।
  • प्रदेश प्रज्ञा प्रतिष्ठानको लागि पूर्वाधार निर्माण र सञ्चालनको लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • प्रदेशभित्रकाऐतिहासिक, धार्मिक, पुरातात्विकतथासांस्कृतिकमहत्वकास्थानतथासंग्रहालयकोसंरक्षण, सम्वर्द्धनरविकासकाकार्यक्रमलाईनिरन्तरतादिन र “एक जिल्ला एकसहिद स्मारक पार्क” निर्माणको लागि आवश्यकबजेटकोव्यवस्थागरेको छु।
  • गोरखाको च्याङ्लीमा कुमाल जातिको सांस्कृतिक संग्रहालय निर्माणको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • महिला जागृति एवं आर्थिक,सामाजिक,राजनैतिकरसांस्कृतिकसशक्तिकरण गर्न”सक्षम महिलाः समानान्तर पाइला“कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु।महिलातथाबालबालिकाविरुद्धहुनेसबैप्रकारकाहिंसाअन्त्यगर्ननिरोधात्मक, प्रवर्द्धनात्मकरउपचारात्मककार्यक्रमसञ्चालनगर्नेव्यवस्थामिलाएको छु।
  • स्थानीयतहरगैरसरकारीसंस्थासँगकोसमन्वयरसहकार्यमाहिंसापीडितमहिला,एकलमहिला, यौनिकतथालैङ्गिकअल्पसंख्यक, सीमान्तकृततथालोपोन्मुखजातिकोअधिकारसंरक्षणकालागिविशेषकार्यक्रमसञ्‍चालनगर्नबजेटकोव्यवस्थागरेको छु।
  • महिलाको घरेलु श्रम तथा पारिवारिक हेरचाह सम्बन्धि क्रियाकलापको मूल्य कायम गरी प्रदेशको आयमा महिलाको योगदान सुनिश्चित सम्बन्धमा अध्ययन गर्नको लागि बजेटमा आवश्यक व्यवस्था गरेको छु।
  • अपाङ्गता भएका व्यक्तिहरूको लागि आवश्यक उपकरणहरू उपलब्ध गराइनेछ। अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण, प्रवर्द्धन, सशक्तिकरणका लागि समुदायमा आधारित पुनःस्थापना कार्यक्रम साथै स्वरोजगारमूलक तालिम सञ्चालन गर्न बजेटको व्यवस्था गरेको छु।
  • स्थानीयतहरगैरसरकारीसंस्थासँगकोसमन्वयरसहकार्यमाज्येष्ठनागरिकसेवाकेन्द्र,मानवसेवाआश्रम,दिवासेवातथामिलनकेन्द्रलगायतकासेवासञ्चालनगर्नेकार्यक्रमलाई जोडदिएको छु।
  • दलितसमुदायकोपरम्परागतपेशा, कलारसीपकोसंरक्षण, संवर्द्धन, आधुनिकीकरणरव्यवसायीकरणकोलागिआवश्यक बजेटको व्यवस्था गरेकोछु।

 

युवातथाखेलकुद

  • सीप, दक्षता र रोजगारीः युवा पलायन रोक्ने हाम्रो जिम्मेवारी” कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • सामूहिक रुपमा उद्यम गर्न चाहने युवाहरूलाई प्रोत्साहन गर्न प्रदेश सरकार र युवा उद्यमीहरू बीच लगानी साझेदारीमा”उद्यमी युवाः समृद्ध प्रदेश निर्माणमा टेवा” कार्यक्रम सञ्चालन गरिनेछ।
  • समग्रखेलकुदकोविकासकानिम्तिखेलकुदक्षेत्रकोनीति,कानून, संरचनारपूर्वाधारनिर्माणमाजोडदिएको छु।
  • अन्तर्राष्ट्रियतथाराष्ट्रियखेलकुदप्रतियोगिताकोआयोजनारखेलाडीलाईप्रोत्साहनगर्नतथासमग्रखेलकुदक्षेत्रकोविकासकालागिआवश्यकबजेटछुट्याएको छु।

 

कृषि,भूमिव्यवस्थातथासहकारी

  • कृषि उपज बिक्रीका लागि समर्थन मूल्य तोकि बिक्री हुन नसकेको कृषिजन्य उत्पादनको खरिदका लागि बजेटमा आवश्यक व्यवस्था गरेकोछु। यसका लागि निजी तथा सहकारी क्षेत्रसँग सहकार्य गरिनेछ।
  • विभिन्नअन्नबाली, फलफुल, नगदेबालीतथातरकारीरपशुपन्छीतथामत्स्यपालनकापकेट र ब्लकक्षेत्रस्थापनारविस्तारगर्नेकार्यक्रमलाईनिरन्तरतादिएको छु।
  • भू-बनोटरसम्भाव्यताकोआधारमाआलुखेती,चैतेधान,सुन्तला, कागती, अलैंची,कफी, मरिच, सितल चिनी, म्याकेडेमीया नट्स, चेस्ट नट्स,च्याउ,रेशमखेती, घाँसेबाली, मौरीपालनजस्ताकार्यक्रमलाईबजेटमा प्राथमिकतादिएको छु।
  • पशु, फलफुल, तरकारीरअन्नबालीकोनयाँप्रजातिविकास,पशुनश्लसुधाररउन्नतबिउउत्पादनगर्नेअनुसन्धानात्मककार्यक्रमलाईजोडदिएको छु।गाई,भैंसीतथाबाख्राकोनश्लसुधारगरीउत्पादकत्वबृद्धिगर्नस्रोतकेन्द्रकोविकासगर्नजोडदिएको छु।अन्नबाली, तरकारी, फलफूलतथाघाँसकास्वस्थविरुवाउत्पादनकानिम्तिप्रविधियुक्तनर्सरीस्थापनागर्नेकार्यक्रमलाईप्राथमिकतादिएको छु।
  • स्याउउत्पादनमाआत्मनिर्भरहुन हिमाली जिल्लामाउच्चघनत्वमाआधारितस्याउखेतीविकासकार्यक्रमलाईनिरन्तरतादिएको छु।
  • कृषिउद्यमशीलताअभिवृद्धिगर्ननेपालसरकारसँगकोसहकार्यमाबालीतथापशुपन्छीबिमाकार्यक्रमलाईनिरन्तरतादिएको छु।सहुलियतब्याजदरमाकृषिऋणउपलब्धगराउनेकार्यक्रमकोव्यवस्थामिलाएको छु।
  • बाँझोतथाखेतीयोग्यजमीनकोचक्लाबन्दीगरीसहकारी, सामूहिक, करारतथाव्यवसायिकखेतीलाईप्रोत्साहनगर्नेकार्यक्रमलाईजोडदिएको छु।कृषिउपजकोउत्पादनपरिमाणकाआधारमायस्तासमूहलाईप्रोत्साहितगर्नेकार्यक्रमकालागिआवश्यकबजेटकोव्यवस्थागरेको छु।
  • भेटेरिनेरीअस्पतालतथापशुविज्ञकेन्द्रकाप्रयोगशालाकोस्तरोन्नतिगर्नतथापशुरोगनियन्त्रणकालागिपशुखोपकार्यक्रमसञ्चालनगर्नआवश्यकबजेटव्यवस्थागरेको छु।
  • भौगोलिकसूचनाप्रणालीमार्फतभू-उपयोगकोतथ्याङ्कअद्यावधिकगरीप्रदेशस्तरीयभू-उपयोगयोजनातयारगर्नेव्यवस्थामिलाएको छु।सरकारीतथासार्वजनिक, निजीरगुठीजग्गाकोअभिलेखअद्यावधिकगरीव्यवस्थितगर्नआवश्यकबजेटकोव्यवस्थागरेको छु।
  • सहकारीसंस्थाकोदर्ता, नवीकरण,नियमन, अनुगमनतथासंस्थागतक्षमताविकासगर्नेव्यवस्थामिलाएको छु।एकसहकारीएकउत्पादनकार्यक्रमलाईप्रवर्धन गर्नबजेटमाआवश्यक व्यवस्था गरेको छु।

 

पर्यटनप्रवर्द्धनकार्यक्रम

  • पर्यटन गुरुयोजना निर्माण गर्न रपर्यटकीयगन्तव्य, पदमार्ग, साइकल मार्ग,होमस्टे,लगायतप्राकृतिक, धार्मिकतथासांस्कृतिकपर्यटकीयक्षेत्रकोपूर्वाधारविकासकाकार्यक्रमलाईजोडदिएको छु।”एक निर्वाचन क्षेत्रएकपर्यटकीय गन्तव्य” कार्यक्रमको लागि बजेटको व्यवस्था गरेको छु।
  • आन्तरिक पर्यटनमा टेवा पुर्‌याउन पर्यटन व्यवसायीलाईराहत कार्यक्रमसहित गण्डकी प्रदेशमा घुम्न आउने पर्यटकलाई विशेष प्याकेज कार्यक्रम सञ्चालन गर्न बजेटमा व्यवस्था गरेको छु।
  • विपद्‍मापरेकापर्यटकलाईउद्धारगर्नरपर्यटनसूचनाप्रणालीलाईविकासगर्नआवश्यकबजेटकोव्यवस्थागरेको छु।
  • पर्यटकीयगतिविधिकोविस्ताररविविधीकरणगर्नेप्रवर्द्धनात्मककार्यक्रमलाईनिरन्तरतादिंदैकोभिड-१९लेसमग्रपर्यटनक्षेत्रमापारेकोअसररप्रभावलाईसम्बोधनगर्न बजेटकोव्यवस्थामिलाएको छु।
  • नारायणी नदी किनारमाबीच पार्क(Beach Park) निर्माण गर्न सम्भाव्यता अध्ययनको लागि आवश्यक बजेट विनियोजन गरेको छु।

 

उद्योगतथाआपूर्ति

  • नेपालसरकारसँगकोसहकार्यमाप्रदेशस्तरीयऔद्योगिकक्षेत्रनिर्माणगर्नकास्कीकोपुँडीटार-तनहुँको घारी क्षेत्ररनवलपुरकोलोकाहाखोला क्षेत्र गरी दुई स्थानमापूर्वाधार विकासका लागिआवश्यकबजेटविनियोजनगरेको छु।
  • कोभिड-१९कोकारणरोजगारीगुमाएकाबेरोजगारहरूकोलागिउद्यमशीलताविकासतथास्वरोजगारीसिर्जना गर्ने कार्यक्रमकोलागि आवश्यक बजेटछुट्टाएको छु।
  • संघीयसरकार,प्रदेशसरकार,सम्बन्धितस्थानीयतहरनिजीक्षेत्रसमेतकोसहभागितामासञ्चालनहुनेधौवादीफलामकम्पनीमाप्रदेशसरकारकोतर्फबाटलगानीगर्नआवश्यकबजेटविनियोजनगरेको छु।
  • प्रदेशभित्ररहेकाविभिन्नखानीतथाखनिजपदार्थकोसम्भाव्यताअध्ययनगरीखानीतथाखनिजपदार्थउत्खननरसञ्चालनकोनिम्तिसंघीयसरकारसँगसाझेदारीगर्नेआवश्यकव्यवस्थामिलाएको छु।
  • प्राकृतिकस्रोततथाढुङ्गा,गिट्टी,बालुवा,माटो,काठ,दाउरा,जराजुरीजस्तादहत्तरबहत्तरउत्खनन,संकलनरबिक्रीवितरणलाईप्रभावकारीरुपमानियमनगर्ने रब्लक,ईट्टा,स्लेट,कटिङ्गढुङ्गा,चुनढुङ्गातथाढुङ्गा, गिटी, बालुवारचिप्सउत्पादनगर्नेक्रसरउद्योगव्यवसायलाईनिश्चितमापदण्ड निर्माण गरीनियमनगर्नेव्यवस्थामिलाएको छु।
  • परम्परागतसीप, प्रविधिरस्थानीयकच्चापदार्थमाआधारितघरेलु, लघुतथासानाउद्योगविकासकार्यक्रमलाईनिरन्तरतादिएको छु।परम्परागतसीपरपेशाभएकाजातिकोक्षमताअभिवृद्धिरप्रविधिहस्तान्तरणगरीव्यवसायिकताकोविकासगर्नआवश्यकबजेटकोव्यवस्थागरेको छु।
  • स्थानीयतहतथास्थानीयप्रशासनसँगकोसमन्वयमाप्रदेशभित्रकोआपूर्तिव्यवस्थालाईसहज,सरलरनियमितबनाउनतथाकालोबजारीरकृत्रिमअभावलाईनियन्त्रणगर्नबजारअनुगमनप्रणालीलाईप्रभावकारीबनाउनेकार्यक्रमलाईजोडदिएको छु।

 

वन,वातावरण तथा भूसंरक्षण

  • दिगोवनव्यवस्थापनकार्यक्रममार्फतवनक्षेत्रकोप्रबर्द्धनगर्दैजैविकविविधतारवन्यजन्तुकोसंरक्षणरसम्वर्द्धनगर्नेव्यवस्थामिलाएको छु।
  • ग्रामीणक्षेत्रमारोजगारीसिर्जनागर्नेतथाआयआर्जनअभिवृद्धिगर्नेजडिबुटीकोउत्पादन, संकलनरप्रशोधनएवंवनपैदावारमाआधारितआयातप्रतिस्थापनरनिर्यातमूलकउद्योगव्यवसायलाईप्रवर्द्धनगर्नेकार्यक्रमकानिम्तिबजेटव्यवस्थागरेको छु।
  • प्रदेशभित्रकोराष्ट्रियवनकोसुरक्षारसंरक्षणकालागिवनअतिक्रमण,चोरीनिकासी,वन्यजन्तुकोतस्करी, डढेलोरअवैधउत्खनन्जस्तागतिविधिहरूकोनियमितअनुगमनतथानियन्त्रणकालागिबजेटव्यवस्थागरेकोछु।
  • वनस्पतिउद्यान, प्राणीउद्यान, हाइटेकवननर्सरीस्थापना, वृक्षारोपणतथासंरक्षणरहरियालीप्रवर्द्धनकाकार्यक्रमसञ्चालनगर्नेकार्यक्रमलाईबजेटको व्यवस्थागरेको छु।
  • प्रदेशभित्रकातालतलैया, पोखरी, जलाशयरकुण्डकोविस्तृतसर्वेक्षण,डिजिटलाइजेशनतथासंरक्षणरव्यवस्थापनकोलागिबजेटछुट्याएको छु।
  • वन, वनस्पति, वन्यजन्तु,वातावरण, पारिस्थितिकप्रणाली,जलाधारक्षेत्ररजलवायुपरिवर्तनसम्बन्धीवैज्ञानिकअध्ययन, अनुसन्धान, तालिमरप्रचारप्रसारकाकार्यक्रमकालागिबजेटछुट्याएको छु।

 

सडक,पुल तथा पूर्वाधार निर्माण

  • प्रदेशगौरवकासडक,एकनिर्वाचनक्षेत्र-एकसडक,रणनीतिकमहत्वकासडक,स्थानीयतहकोकेन्द्रजोड्नेसडक,विभिन्न प्रादेशिकसडक र सडकपुलनिर्माणकाकार्यलाई समयमै सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरेको छु।
  • नेपालसरकारसँगकोसहकार्यमाबृहत्पोखराचक्रपथ,भिमाद-डेढगाउँ-अरुणखोलासडक, शालिग्रामकरिडोररआरुघाट-सिर्दिबास-रूइलाभन्ज्याङसडक निर्माणको लागि आवश्यक बजेटविनियोजनगरेकोछु।
  • प्रदेशकाआवश्यकरसम्भाव्यसबैस्थानमाझोलुङ्गेपुलनिर्माणगर्नआवश्यक स्रोतको व्यवस्था गरेको छु।
  • नेपाल सरकारसँग समन्वय गरी बाग्लुङको बिहुँबाट गल्कोटसम्म सुरङमार्ग र बाग्लुङको अर्नाकोट विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन कार्य अगाडि बढाउन आवश्यक व्यवस्था मिलाएको छु।

 

यातायातव्यवस्थापन

  • प्रदेशकोयातायात क्षेत्रको विकासको निम्तिगुरुयोजनातर्जुमागर्नआवश्यकबजेटव्यवस्थागरेको छु।
  • पोखरामहानगरपालिकासँगकोसहकार्यमामहानगरपालिकाकोवडानं.९स्थितबसपार्कलाईस्तरोन्नतिगर्ने रवडानं.-३२स्थितलामेआहालमाप्रदेशस्तरीयबसपार्ककोनिर्माणकार्यप्रारम्भगर्नआवश्यकबजेटव्यवस्थागरेको छु।
  • सवारी साधनमा डिजिटल प्रणाली लागू गरी सहरी यातायातलाई प्रविधि मैत्री बनाउन ई-टिकट एवं ई-भुक्तानीको व्यवस्था मिलाइनेछ।यातायातकार्यालयबाटप्रदानहुनेसबैप्रकारकासेवालाईप्रविधिमैत्रीबनाउन आवश्यक स्रोतको व्यवस्था गरेको छु।

 

भवनतथाआवासरशहरीविकास

  • प्रदेशकोमुख्यप्रशासनिककेन्द्र,प्रदेशसभारगण्डकीप्रदेशप्रशिक्षणप्रतिष्ठानकोअत्याधुनिकभवनरप्रदेशसरकारकाजिल्लास्थितकार्यालयहरूनिर्माणगर्न बजेटविनियोजनगरेको छु।
  • नेपालसरकारसँगकोसहकार्यमानवलपुरकोकावासोतीमासंघ, प्रदेशरस्थानीयतहकासरकारीकार्यालयकालागिएकीकृतनमूनाप्रशासनिककेन्द्रनिर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छु।

 

ऊर्जा, खानेपानी तथा जलस्रोत

  • प्रदेशमा रहेका काठेपोललाई स्टीलपोलले बिस्थापन गर्ने कार्यक्रमलाई निरन्तरता दिंदै आगामीआर्थिकवर्षमा विद्युतीकरण नपुगेका प्रदेशका सबै क्षेत्रमाविद्युत सेवा पुर्‌याउने गरी बजेट व्यवस्था गरेको छु।
  • स्वास्थ्यसंस्थारअत्यावश्यकीयसरकारीकार्यालयहरूमासोलारप्रणालीबाट२४सैघण्टाविद्युतसेवाउपलब्धगराउन बजेटमा प्राथमिकता दिएको छु।
  • जनताकोआधारभूतआवश्यकतालाईसम्बोधनगर्नसबैगाउँबस्तीमाआधारभूतखानेपानीकार्यक्रमतथाएकघरएकधाराखानेपानीकार्यक्रमलाईसञ्चालन गर्न बजेट विनियोजन गरेको छु।
  • प्रदेशभित्रका खेतियोग्य जमिनमा बाह्रै महिना सिंचाई सुविधा पुग्ने गरी सिंचाई योजनाहरू सञ्चालन गर्न बजेटमा प्राथमिकता दिएको छु।
  • कृषिकानिम्तिचक्लाबन्दीगरिएकोजग्गारकृषिकोपकेटक्षेत्रलक्षितबिशेषसिंचाईकार्यक्रमसंचालनगर्नआवश्यक बजेटविनियोजनगरेको छु।

 

सूचनातथासञ्चार

  • नेपाल सरकारसँगको सहलगानीमा सूचनाप्रविधिपार्कसञ्चारग्रामनिर्माणगर्नेतथाआमसञ्चारमाध्यमलाईस्वस्थ, मर्यादित, जिम्मेवाररव्यवसायिकरूपमाविकासगर्न सञ्चारकर्मीको क्षमता विकास लगायतकाकार्यक्रमलाईआवश्यक बजेट विनियोजन गरेको छु।
  • प्रदेशभित्रकासञ्चारगृहबाटलोककल्याणकारीविज्ञापनप्रकाशनतथाप्रसारणगर्नेकार्यक्रमलाईनिरन्तरतादिएको छु।

 

शान्ति सुरक्षा तथाविपद्व्यवस्थापन

  • प्रदेश भित्र शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्न आवश्यक बजेट व्यवस्था गरेको छु।
  • जोखिमक्षेत्रकोपहिचानतथानक्शाङ्कनगरीविपद्पूर्वसूचनाप्रणालीकोस्थापना, विकासरउपयोगगर्नलाईआवश्यकबजेटविनियोजनगरेको छु।विपद्पश्चातहुनेखोज, उद्धार, राहततथापुनर्स्थापनाकार्यकालागिप्रदेशविपद्व्यवस्थापनकोषलाईबृद्धिगर्नरू.१करोडविनियोजनगरेको छु।

 

सुशासनतथाशासकीयक्षेत्र

  • प्रदेशकोसार्वजनिकस्रोतमाआउनेसंकुचनरकोरोनामहामारीरोगकोरोकथामनियन्त्रणरप्रभावन्यूनीकरणकार्यमाअतिरिक्तस्रोतपरिचालनगर्नुपर्नेअवस्थालाईमध्यनजरगरीआगामीवर्षप्रशासनिकखर्चमामितव्ययिताअपनाउनेनीतिलिएको छु।
  • प्रदेशकोपर्यटनप्रवर्द्धनगर्नरराष्ट्रसेवककर्मचारीलाईप्रोत्साहनगर्नविदापर्यटनकोकार्यक्रमलाईनिरन्तरतादिएको छु।प्रदेशकाकार्यालयबाटप्रवाहहुनेसेवालाईप्रभावकारीबनाउनउत्कृष्टकार्यालयतथाउत्कृष्टकर्मचारीलाईपुरस्कृतगर्नेव्यवस्थामिलाएको छु।
  • सामाजिक जीवनका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‌याउने गण्डकी प्रदेशका नागरिकलाई कानूनी व्यवस्था गरी प्रदेश सरकारको तर्फबाट विशिष्ट सम्मान प्रदान गर्न बजेटमा व्यवस्था मिलाएको छु।
  • नेपाल सरकारबाट निजामती कर्मचारीको लागि गरिएको तलब वृद्दि दरमा एकरुपता हुने गरी प्रदेश सरकारमा कार्यरत कर्मचारीको तलब वृद्धि समायोजन गरिएको छ। प्रदेश सरकारको तहगत संरचना अनुसार तलब स्केल कायम गरेको छु।
  • कोरोनारोगकोरोकथाम,नियन्त्रणरउपचारमासंलग्नस्वास्थ्यकर्मी, चिकित्सक,सुरक्षाकर्मीलगायतकाराष्ट्रसेवकलाईप्रदेशसरकारकातर्फबाटदिइदैआएकोजोखिमवहनतथाप्रोत्साहनभत्तालाईनिरन्तरतादिएको छु।
  • प्रदेशलाईआवश्यकपर्नेक्षेत्रगतजनशक्तिकोप्रक्षेपण,प्राप्ति,क्षमताविकासरप्रभावकारीउपयोगगर्नजनशक्तिविकासयोजनातयारगर्नेव्यवस्थामिलाएको छु। प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने जनशक्तिको पदपूर्ती प्रदेश लोकसेवा आयोग मार्फत हुने गरी आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • भौगोलिकसूचनाप्रणालीकोउपयोगगरीप्रदेशरस्थानीयतहकोआवश्यकखण्डीकृततथ्याङ्कसंकलन,प्रशोधन,भण्डारणरउपयोगलाईसंस्थागतगर्नबजेटविनियोजनगरेको छु।विश्वविद्यालयतथाअनुसन्धानसंस्थासँगकोसहकार्यमाअनुसन्धानरविकासकाकार्यक्रमसञ्चालनगर्नआवश्यकव्यवस्थामिलाएको छु।
  • सार्वजनिकसेवाप्रवाहलाईछिटोछरितो, मितव्ययी, पारदर्शीरप्रभावकारीबनाईप्रदेशलाईडिजिटलप्रदेशकोरुपमाविकासगर्नविद्युतीयसुशासनगुरुयोजनातर्जुमागर्नआवश्यकव्यवस्थामिलाएको छु।सार्वजनिकसेवामासुशासनकोप्रत्याभूतिगराउनभ्रष्ट्राचारविरूद्धशून्यसहनशीलताकोनीतिअबलम्वनगर्नेव्यवस्थामिलाएको छु।

 

आयोजनाव्यवस्थापन

  • आयोजनापहिचान, प्राथमिकीकरण, छनौटतथाकार्यान्वयनगर्नेकार्यलाईव्यवस्थितरप्रभावकारीबनाउनप्रदेशस्तरीयआयोजनाबैङ्कसञ्चालनगर्नआवश्यक स्रोतको व्यवस्था गरेको छु।
  • प्रदेशसरकारकाअधुरातथाक्रमागतआयोजनातोकिएकोसमयमासम्पन्नगर्नआवश्यकस्रोतकोव्यवस्थागरेको छु।
  • निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई परिमार्जन सहित कार्यान्वयन गर्ने गरीरु. ७२ करोड बजेट विनियोजन गरेको छु।

 

सभामुखमहोदय,

अबम, बजेटमाउल्लिखितक्षेत्रगतनीतितथाकार्यक्रमकार्यान्वयनगर्नआवश्यकपर्नेबजेटविनियोजनरस्रोतअनुमानप्रस्तुतगर्नचाहन्छु।

  • माथि उल्लिखितक्षेत्रगतनीतितथाकार्यक्रमकार्यान्वयनगर्नजम्मारु. ३० अर्ब ३ करोड ९४ लाख २७ हजारखर्चहुनेअनुमानगरेको छु। जसमध्ये चालुतर्फ रु. १३ अर्ब ६ करोड ४७ लाख ९४ हजार (४३.५ प्रतिशत),पुँजिगततर्फ रु. १६ अर्ब ७३ करोड ४६ लाख ३३ हजार (५५.७ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ रु. २४ करोड (०.८प्रतिशत) रहेको छ।
  • आगामीआर्थिकवर्षकालागिअनुमानगरिएकोखर्चव्यहोर्नेस्रोतमध्येनेपालसरकारबाटप्राप्तहुनेवित्तीयसमानीकरणअनुदानरू. ७अर्ब४२करोड२८लाख, सशर्तअनुदानरु. ४अर्ब१८करोड४३लाख,समपूरकअनुदानरु. ८७ करोड३६लाख, विशेषअनुदानरु. ५४करोड ९० लाख रहेको छ। यसैगरी राजस्वबाँडफाँटबाटप्राप्तहुनेरु. ७अर्ब६२करोड७०लाख,रोयल्टीवापतप्राप्‍तहुनेरु. ३०करोड, आन्तरिकराजस्वबाटप्राप्तहुनेरु. ४अर्ब९८करोड२७लाख२७हजारव्यहोर्दारु. ४अर्ब १० करोडन्यूनहुनेछ।उक्तन्यून बजेटपूर्तिगर्नचालुआर्थिकवर्षकोअसारमसान्तसम्मखर्चभईबाँकीरहनेअनुमानितनगदमौज्दातरु. २अर्ब१० करोड उपयोगगरिनेछ।नगदमौज्दातउपयोगगर्दापनिअपुगहुनेखुदरु. २अर्बमध्येआन्तरिकऋणबाटरु. १अर्बरनेपालसरकारसँगकोऋणबाटरु. १ अर्बव्यहोरिनेछ।

 

सभामुखमहोदय,

अबम, आर्थिकवर्ष२०७८/७९कोलागिराजस्वकानीतिप्रस्तुतगर्नचाहन्छु।

  • प्रदेशकोअधिकारक्षेत्रभित्रकाकरकाआधारफराकिलोपार्दैआन्तरिकराजस्वबृद्धिगर्नकरतथागैरकरराजस्वकोअधिकतमपरिचालनगर्नेनीतिलाईअबलम्वनगरेको छु।
  • प्रदेशको राजस्व प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र प्रविधिमा आधारित बनाई आन्तरिक आयलाई प्रदेशको आम्दानीको मूल आधारको रुपमा विकास गर्ने नीति लिएको छु।
  • करतथागैरकरराजस्वसंकलनलाईप्रभावकारीबनाउनकानुनी,संस्थागतसुधार तथा राजस्व प्रशासनमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिगरिनेछ।
  • सवारीसाधनकरकोदरलाईसामान्यहेरफेरगरीसमायोजन गरेको छु।अन्यप्रदेशमादर्ताभएकासवारीसाधन२०७९असारमसान्तसम्मयसप्रदेशमादर्तास्थानान्तरण (प्रादेशीकरण) गर्नआएमादर्तागर्दालाग्नेशुल्कमा७५प्रतिशतछुटदिईपहिलोवर्षकोनवीकरणशुल्कमा५०प्रतिशतछुटदिनेव्यवस्था मिलाएकोछु।
  • सवारी साधनको जाँचपास र बाटो इजाजत नवीकरण छ-छ महिनामा गर्नुपर्ने हालको व्यवस्थालाई संशोधन गरीवार्षिक रुपमा गर्ने गरी व्यवस्था मिलाएको छु।
  • कोभिड-१९ को कारण लागू गरिएको निषेधाज्ञा अवधिभित्र तिर्नुपर्ने कर, दस्तुर तथा शुल्क तिर्न नपाई जरिवाना लाग्ने अवस्था भएमानिजी सवारीको हकमा निषेधाज्ञा हटेको र सार्वजनिक सवारीको हकमा सार्वजनिक यातायात सेवा सुचारू भएको साठी दिनभित्र तिर्न आएमा कुनैपनि जरिवाना वा अतिरिक्त शुल्क नलाग्ने गरी व्यवस्था मिलाएको छु।
  • स्थानीयतहरप्रदेशसरकारकोसाझाअधिकारसूचीमारहेकाकरतथागैरकरराजस्वएकलकरप्रशासनमार्फतसंकलनगरीबाँडफाँटगर्नेव्यवस्थालाईनिरन्तरतादिएकोछु।
  • घरजग्गारजिष्ट्रेशनशुल्कतर्फसामान्यहेरफेरगरीसमायोजन गरेको छु।मालपोतकार्यालयस्थानीयतहमाहस्तान्तरणनहुँदासम्मघरजग्गारजिष्ट्रेशनशुल्क लगायतका राजस्वसाविकबमोजिममालपोतकार्यालयबाटनैसंकलनगरीबाँडफाँटहुनेव्यवस्थालाईनिरन्तरतादिएको छु।
  • कृषिआयमाकरकोदरसाविकबमोजिमनैकायमगरेको छु।कृषिआयमालाग्नेकरभूमिव्यवस्था, कृषि,सहकारी तथा गरिबी निवारणमन्त्रालयअन्तर्गतकाकृषिज्ञानकेन्द्रमार्फतसंकलनगर्नेव्यवस्थामिलाएकोछु।
  • विज्ञापनकररमनोरञ्जनकरस्थानीयतहबाटसंकलनगरीस्थानीय विभाज्य कोषमाजम्मागरी६०प्रतिशतस्थानीयसञ्चित कोषर४०प्रतिशतप्रदेशसञ्चितकोषमाजम्माहुनेसाविककोव्यवस्थालाईनिरन्तरतादिएको छु।यस व्यवस्थालाई प्रभावकारी ढङ्गले कार्यान्वयनमा ल्याउन आगामी आर्थिक वर्षभित्रै कानून तर्जुमा गर्ने व्यवस्था मिलाएकोछु।
  • प्रदेशसरकारलेलगाउनेपर्यटनशुल्कलाई थप व्यवस्थित गरी राजस्वको दायरामा ल्याइनेछ।
  • कोभिड-19 कोकारणले जारीनिषेधाज्ञाअवधिभित्रआर्थिकविधेयक, २०७८कोदफा३कोसवारीसाधनकरअन्तर्गतउपदफा(१)बमोजिमलाग्नेवातिर्नुपर्नेकर,दस्तुरतथाशुल्कतिर्ननपाएकाकारणजरिवानालाग्नेभएमानिषेधाज्ञाखुलेकोसाठीदिनभित्रतिर्नआएमासो अवधिभित्र लाग्नेजरिवानावाअतिरिक्तशुल्कनलाग्नेव्यवस्थामिलाएकोछु।
  • प्रदेशकाघरेलुतथासानाउद्योग,व्यापार,व्यवसायकोदर्ता,अनुमति,नविकरणलगायतसेवालाईछिटोछरितोरप्रभावकारीबनाउँदैराजस्वकादायरातथाप्रशासनिकसुधारबाटथपराजस्वपरिचालनगर्नेनीतिलिएकोछु।
  • कोभिड-१९बाटप्रभावितविभिन्नक्षेत्रकाउद्योगीव्यवसायीलेनेपालसरकारबाटप्रदानगरिनेआयकरमाछुट, बैंकब्याजमाअनुदान, सहुलियतपूर्णकर्जाजस्तासहुलियतप्राप्तगर्नप्रदेशसरकारकातर्फबाटआवश्यकसमन्वयतथासहजीकरणगर्नेव्यवस्थामिलाएकोछु।
  • प्रदेशअन्तर्गतका’वनक्षेत्र’ रनिजीजग्गामारहेकारोडा, ढुङ्गा, गिट्टी, बालुवा, चिप्स, माटो, काठ, दाउरा, जराजुरी, दहत्तर-बहत्तरजस्ताप्राकृतिकस्रोतमाआर्थिकविधेयक, २०७८कोदफा८कोअनुसूची–६बमोजिमशुल्कलगाई सम्बन्धित स्थानीय तहमार्फतअसूलउपरगरी सो को ६० प्रतिशत स्थानीय सञ्चित कोषमा र ४० प्रतिशत प्रदेश सञ्चित कोषमा जम्मा हुनेव्यवस्थामिलाएको छु।
  • राजस्वसम्बन्धमा व्यवस्था गर्नप्रस्तावगरिएकोआर्थिकविधेयक, २०७८यसैसाथप्रस्तुतगरेकोछु। उक्तप्रस्तावसम्बत्२०७८सालसाउन१गतेबाटलागूहुनेव्यवस्थामिलाएकोछु।

 

माननीयसभामुखमहोदय,

  • प्रदेशको आन्तरिक स्रोत परिचालन अपेक्षाकृतरूपमा बढ्न नसकेको, राजस्व बाडँफाट वापत प्राप्त हुने रकम तथा नेपाल सरकारबाट प्राप्त हुने अनुदानमा पनि केही कमी आएको कारणले गर्दा चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार केही घट्न गएको छ।
  • चालुआर्थिकवर्षकोतुलनामाआगामीआर्थिकवर्षकोबजेटमाचालुखर्चमासामान्यवृद्धिभएकोछ।आगामीआर्थिकवर्षकानिम्तिप्रदेशकानूनअनुसारसृजितविभिन्ननयाँसंरचना,थपजनशक्तिरकोरोनामहामारीकोव्यवस्थापनकालागिअतिरिक्तबजेटविनियोजनगर्नुपर्दाचालुखर्चमाचापपर्नगएकोछ।
  • कोभिड-१९महामारीको असर रप्रभावछिट्टैनियन्त्रणभईविकासनिर्माण,उद्योग,पर्यटन,कृषि,यातायात,व्यापारव्यवसाय,सार्वजनिकप्रशासनलगायतनागरिककोदैनिकजनजीवनसामान्यहुँदैजानेविश्वासलिएकोछु।
  • यसबजेटकोकार्यान्वयनबाटआयतथारोजगारीकाअवसरकोसृजनाहुने, समग्रमाआर्थिकवृद्धिलेगतिलिनेरसमृद्धप्रदेशनिर्माणकोआधारशीलानिर्माणहुनेविश्‍वासलिएको छु।
  • अन्तमा, बजेट तर्जुमाका लागि मार्गदर्शन गर्नुहुने माननीय प्रदेश प्रमुख, माननीय सभामुख, माननीय मन्त्रीहरू, प्रदेश सभाका माननीय सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, निजी क्षेत्र, नागरिक समाज तथा पत्रकार जगतबाट प्राप्त सुझाव, सहयोग र सल्लाहप्रति हार्दिक आभार प्रकट गर्दछु। यो बजेट कार्यान्वयनमा नेपाल सरकार, प्रदेश सरकारका सबै निकाय, स्थानीय तह र सरोकारवालाको पर्याप्त सहयोग प्राप्‍त हुने विश्‍वास लिएको छु।

धन्यवाद।

 

 

Editor: