पत्रकार महासंघ कास्कीको अध्यक्षमा विमला भण्डारी बिजयी (कति मत सहित)

पत्रकार महासंघ कास्कीको अध्यक्षमा विमला भण्डारी बिजयी

पोखरा, २६ चैत, नेपाल पत्रकार महासंघ कास्की शाखाको अध्यक्षमा बिमला भण्डारी बिजयी भएकी छन् । पत्रकार महासंघक कास्कीले पहिलो पटक महिला अध्यक्ष पाएको छ ।

प्रेस युनियन, प्रेस संगठन र प्रेस चौतारी (माधव नेपाल समूह) को साझा गठबन्धनबाट उम्मेदबार बनेकी विमला भण्डारीले १७४ मत ल्याएर महासंघको जिल्ला शाखा अध्यक्षमा विजयी भएकी हुन् ।

उनी प्रेस युनियनको कोटाबाट उठेकी हुन् । उनका निकटतम प्रतिस्पधि केशबशरण लामिछानेले १२१ मत प्राप्त गरे ।
समितिको उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना, महिला उपाध्यक्षमा जमुना वर्षा शर्मा, सचिवमा माधव बराल, सहसचिवमा श्रीराम सिग्देल, सहसचिव समावेशी तर्फबाट रेम विश्वकर्मा, कोषध्यक्षमा कृष्ण दवाडी विजयी भए ।

सदस्यमा धनबहादुर गुरुङ, कञ्चन थापा, गीता रानामगर, युवराज गुरुङ, प्रभु अधिकारी, शिवराज बास्ताकोटी, सन्तोष बस्याल, सन्तोष सुबेदी, हरि पन्त विजयी भएका छन् ।

महिला सदस्यमा सपना अधिकारी, दलित सदस्यमा विजय नेपाली, आदिवासी सदस्यमा पदम श्रेष्ठ र अन्य समावेशीमा जैनव खातुन विजयी भइन् ।
कसले कति मत ल्याए

Editor: