फेवातालमा युवक मृत भेटिए

शव सव

पोखरा, ४ बैशाख/ पोखराको फेवातालमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

बाराको निजगढ नगरपालिका वडा नम्बर ९ का १८ वर्षीय नोभिब उप्रेती फेवातालको बीच भागमा रहेको ताल बाराही मन्दिर नजिकै मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

बिहान शव बाराही मन्दिर नजिकै उत्रिएको देखेपछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए । शवलाई नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बाहिर निकालेको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम भएको छ भने घटनाको बारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Editor: