इक्यान कास्कीको अध्यक्षमा इबिन्द्र तिवारी विजयी

इक्यान कास्कीको अध्यक्षमा इबिन्द्र तिवारी विजयी

पोखरा, २४ माघ/ इक्यान कास्कीको नवौं साधारणसभा तथा पाँचौ अधिबेशनले इबिन्द्र तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचीत भएको छ ।

अध्यक्षका लागि वर्तमान उपाध्यक्ष सन्दिप अर्याल, सचिव रुद्र अर्याललाई पछि पार्दै तिवारी विजयी भएका हुन् । इवीन्द्रले १६ मत, निकटतम प्रतिद्वन्द्वी सन्दिप अर्यालले १४ र रुद्र अर्यालले ८ मत प्राप्त गरे ।

समितिको उपाध्यक्षमा ओमप्रसाद गैह्रे सर्वसहमत निर्वाचित भए । सचिव पदमा उमेद्वारी खाली रहेको थियो भने कोषाध्यक्षमा युवराज पौडेल र कार्यसमिति सदस्यमा गणेशबहादुर कार्की, धन बहादुर शाही, कमल बराल र प्रतिमा गैह्रे निर्वाचित भएका छन् ।

कार्यक्रममा इक्यान नेपालका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले शुभकामना दिदै अहिले अवस्थाले व्यवसय धरापमा परेको बताए । इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्री, उपाध्यक्ष सन्दिप अर्याल, सचिव रुद्र अर्यालले संस्थाका बारेमा प्रकाश पारेका थिए ।

Editor: