पोखराको आइसोलेसनमा कोरोना संक्रमितको नाचगान, ‘सोचे झै जिन्दगी रैन छ’

संक्रामक तथा सरुवा रोग अस्पताल

पोखरा, ६ भदौ / पोखरामा कोरोना संक्रमितलाई राख्न दुई वटा आइसोलेन छन् । एउटा पश्चिमाञ्चल क्षेत्रिय अस्पताल र अर्का संक्रामक तथा सरुवा रोग अस्पताल पोखरा लेखनाथमा रहेको छ ।

दुईवटामा गरी १ सय २३ जना कोरोना संक्रमितहरु पोखरामा रहेका छन् । संक्रमित तथा सरुवा रोग अस्पतालमा रहेका कोरोना संक्रमितहरुले शनिबार दिऊसो गीत लगाएर नाच गान गरे ।

सोचेझै जिन्दगी रैन छ गीतमा नाचगान गरेपछि एक जनाले भने ‘बस्दा झन् बढि अत्यस लाग्छ, कति बेला डिड्डुल गर्ने हो त कति बेला नाचगान ।’ ‘बुद्ध बाबु आमा पनि सगँ छन्,’ उनले भने ‘सबैको मनोबल उच्च बनाउन पनि नाच गान गरेर रमाउने गरेका छौ ।’

उनले विहान ८ बजे चिया र नास्ता, १२ बजे खाना, ४ बजे खाजा र बेलुका ८ बजे खाना खान दिने गरेको बताए । उनले सबै व्यवस्था राम्रो भएको बताए । उनले रोग नलाल्नु लागे पनि व्यवस्था राम्रो देखेर खुसी लागेको बताए ।

Editor: