कोरोनाबाट पोखरामा ४ सहित थप ८ जनामा मृत्यु

कोरोना

पोखरा, १८ कात्तिक / गण्डकी प्रदेशमा मंगलबार थप ८ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण पोखराका ४, बागलुङ २ जना, तनहुँका एक र नवलपुरका १ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको अनुसार मृत्यु हुनेमा पोखराका १३ का ५५ वर्षीय पुरुष संक्रमित रहेका छन् । त्यस्तै, वडा ५ का ५९ वर्षीया महिला संक्रमित, वडा ६ का ७२ वर्षीय पुरुष र वडा ३ का ५२ वर्षीय पुरुष संक्रमित रहेका छन् ।

सबै संक्रमित उपचाररत थिए । त्यसै गरी बागलुङका ६६ बर्षिय पुरुष, ६१ बर्षीय पुरुष, तनहुँका ५ का ६६ बर्षीय पुरुष, नवलपुरका ८० बर्षीय पुरुषको निधन भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएका छन् ।

Editor: