पोखरामा ३ सहित गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण

पोखरामा ३ सहित गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण

पोखरा, ३१ साउन / गण्डकी प्रदेशमा शनिबार बिहान थप १० जनामा कोरोना संक्रमित थपिएका छन् । कास्कीमा ३, तनहुँ र बाग्लुङमा २/२ जना, गोरखा र स्याङजामा १/१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ र ८ मा १/१ जना पुरुष र वडा नम्बर ८ मा १५ बर्षिय युवतीमा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । यो सगँ कास्की जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ९९ पुगेको छ ।

त्यसै गरी तनहुँको भानुमा दुई जना पुरुष, बागलुङको बाग्लुङ र बडिगाड एक/एक पुरुष गोरखामा एक महिला र स्याङजाको पुतलीबजार एक पुरुषमा संक्रमण देखिको उनले जानकारी दिए ।

तनहुँमा अहिले सम्म २ सय १२, बागलुङमा २ सय ६५, गोरखामा १ सय १७, स्याङजामा २ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ६ सय ९२ जनामा कोरोना देखिएको छ । त्यस मध्ये ५ जनाको मृत्यु भएको छ भने १ हजार ४ सय ९३ जनामा निको भएर घर फर्किएका छन् ।

Editor: