पोखरामा थप ५२ जना सहित १ सय २७ जनामा कोरोना संक्रमण

कोरोना

पोखरा, २७ असोज / गण्डकी प्रदेशमा मंगलबार थप १ सय २७ जनामा कोरोना संक्रमण देखिएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य प्रतिठान पोखराको प्रयोगशालमा भएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकामा ५१ जना, स्याङजा १७ जना, तनहुँमा २६ जना, लमजुङ २९ जना, स्याङजामा ५ जना, पर्वतमा २ जना र मनाङमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सगँ गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ हजार १ सय पुगेको छ । पोखरामा मणिपाल अस्पतालमा १ जना, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा १ जना, चरक अस्पतालमा १ जना र गण्डकी मेडिकल कलेजमा ५ जना उपचारमा रहेका विरामीलाई देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसै गरी पोखरा ७ मा बस्ने एक जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए । गण्डकी प्रदेशमा अहिले सम्म ३ हजार ४ सय ४९ जना निको भएर घर फर्किएका छन् भने ४० जनाको मृत्यु भएको छ ।

Editor: