पोखरामा थप ३ जना सहित गण्डकी प्रदेशमा ११ जनामा कोरोना संक्रमण

पोखरामा थप ३ जना सहित गण्डकी प्रदेशमा ११ जनामा कोरोना संक्रमण

पोखरा, ६ भदौ / गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमित पुष्टि भएका छन् । कास्की र नवलपुरमा ३/३, तनहुँ र स्याङजाका २/२ जना, बागलुङका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनाल गण्डकी निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरास्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा भएको परीक्षणमा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो सगँ गण्डकी प्रदेशमा १ हजार ८ सय ५५ जनामा कोरोना संक्रमित पुगेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ९का २ जना महिला, वडा नम्बर ४ का १ जना पुरुष, बागलुङका १ जना पुरुष, तनहुँ भिमादका १ जना पुरुष, आबुँखैरेनीका १ जनामा पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसै गरी स्याङजाको वालिङ, फेदीखोलाका १/१ जना पुरुषमा, नवलपुरको देवचुलीका २ जना पुरुष, कावासोतीका १ जना पुरुषमा शनिबार बिहान कोरोना पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ५ सय ९२ जना निको भएर घर फर्किएका छन् । अहिले सम्म ७ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशका ९ जिल्लाका अस्पतालका आइसोलेसनमा २ सय ५६ जना रहेका छन् ।

Editor: