पोखरामा क्यामरा चोरीको आरोपमा २ जना पक्राउ

चोरी

पोखरा, २९ मंसिर/ पोखरामा क्यामरा चोरी गरेको कास्की प्रहरीले आरोपमा २ जना पक्राउ परेका छन् ।

मंसिर २३ गते पोखरा ३ तेर्सापट्टीका प्रवीण वैद्यको घरबाट २ लाख ५० हजार मुल्य बराबरको क्यानोन क्यामरा चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रोल्पा घर भइ हाल पोखरा ५ जिरो किमीमा बस्दै आएका १९ वर्षीय दीपक मगर र पोखरा २२ पुम्दीभुम्दीका १९ वर्षीय अनिष बराल रहेका छन् ।

पक्राउ परेका २ जना विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Editor: